डाक्टर सहित घर- घरै पुगेर तानसेनमा अपाङ्गता परिचय पत्र बितरण
पाल्पा ।
तानसेन नगरपालिका अपाङ्गता समन्वय समितिले तानसेन नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई डाक्टर सहितको टोली नै लगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ।
स्थानीय सरकार आउनुअघि महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको परिचयपत्र अहिले स्थानीय सरकारले बितरण गरेको छ । अपाङ्गता भएकालाई नगरपालिका आएर सेवा लिन असहज हुने भएकोले सहज बनाउन पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको घरमा नै पुगेर अपाङ्गता परिचय पत्र प्रदान गएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिन्जालीले बताउनुभयो ।
सिंजालीको नेतृत्वमा अपाङ्ग समन्वय समितिका सदस्यहरू कृष्ण गहतराज, गोमा गैरे, सामाजिक विकास शाखा प्रमुख कोशलराज घिमिरे र डाक्टरसहितको टोलीले घरघरमा नै पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको हो ।
महिला तथा बालबालिका कार्यालयले उपलब्ध गराएको अपाङ्गता परिचय पत्र नबिकरण गर्नु पर्ने तथा अबस्था पुन जाच गरेर डिजिटल बनाउनुपर्ने भएकोले नगरपालिकामा सम्पर्क गर्नु हुन पनि नगर उपप्रमुख प्रतीक्षा सिन्जालीले अनुरोध गर्नुभएको छ।