लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ । उहाँको आज बिहान हृदयघातका कारण निधन भएको हो । ७२ वर्षीय उहाँ लामो समयदेखि मुटु रोगबाट बिरामी हुनुहुन्थ्यो ।
परम्परागत रूपमा आज बेलुका ५ बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनुभयो ।
सजरुद्दिन मुसलमान गत स्त्थनीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।