अखिल नेपाल महिला संघको प्रथम पुरस्कार नबज्योति आमा समुहलाई
पाल्पा ।
अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा भएको ३७ औं खुल्ला तिजगित प्रतियोगितामा नबज्योति आमा समुह रामपुर ८ को समुह प्रथम भएको छ ।
अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा चौधरीले महिलाहरुलाई थप उर्जा थप्ने पर्व तीज भएको बताउनुभयो । उहाँले रामपुर नहर सिंचाईलाई मन्त्रालयबाट बजेटको व्यबस्थ गरेको बताउदै मन्त्रालय, प्रदेश सरकार सदैव जनताको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठ, लुम्बिनी कमिटी अध्यक्ष राधाकृष्ण कडेल लगायतले बोल्नुभएको थियो ।

१५ समुहको सहभागिता रहेको प्रतियोगितामा दित्तिय रामपुर ३ को रन्जु भट्टराईको समुह र तृतिय रामपुर १० को मिना भण्डारीको समुह भएको निर्णायक मण्डलका संयोजक सिर्जना घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार नगदसहित प्रमाणपत्र, दित्तिय हुने समूहले नगद १२ हजार र प्रमाणपत्र ,तृतीय हुने समूहले नगद ९ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बेझाँड बजार रामपुर युबाक्लबको खुलामंचमा भएको कार्यक्रममा रास्ट्रिय कलाकार लोक तथा दोहोरी गायक राजेश भण्डारी, गायिका कोपिला न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुति थियो ।


