2

Logo २०८३ बैशाख १३ आइतबार
सिद्धबाबामा ज्यान गुमाउने जनकको नाममा वडाका २ विद्यालयमा “जनक स्मृति अक्षयकोष”

सिद्धबाबामा ज्यान गुमाउने जनकको नाममा वडाका २ विद्यालयमा “जनक स्मृति अक्षयकोष”


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
680

पाल्पा ।

सिद्धबाबा पहिरोमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने पाल्पा रामपुरका जनक भण्डारीको परिवारले वडाका २ सरकारी विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । रामपुर नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय जनक भण्डारीको गत असार२४ गते बुटवलबाट पाल्पा फर्कने क्रममा सिद्धबाबामा झरेको ढुंगाले लागेर ज्यान गएको थियो ।

श्रीमतीको परीक्षाका लागि बुटवल गएका दम्पती मध्ये जनककी संगिनी कल्पना घाइते हुनुभयो । शैक्षिक परिवेशको परिवारमा हुर्किनुभएका जनकका परिवारले वडामा रहेका नवदुर्गा माध्यमिक विद्यालय र दरैठाँटी माध्यमिक विद्यालयमा एक–एक लाख राशीको ‘जनक स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको हो । सामाजिक, राजनितिक र उद्योग व्यवसायमा सक्रिय जनक भण्डारीको स्मृतिमा उहाँका बुवा सागर भण्डारीले विद्यालयमा पुगी अक्षयकोष स्थापना गर्नुभएको हो ।

नवदुर्गा माविमा एक कार्यकाल अर्थात् ३ बर्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा रहेर कामगर्नुभएका भण्डारीको सम्झना स्वरुप परिवारले नवदुर्गा मावि र पढेको तथा बुवा सागर भण्डारीले पढाईरहनुभएको दरैठाटी माबि गरि २ विद्यालयमा ४५ औं दिनको पुण्यतिथिमा अक्षयकोष स्थापना गरेको हो । नवदुर्गा माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर कुमाल र प्रधानाध्यापक शोभाकान्त सिग्देललाई र दरैठाटी माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनी र प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटालाई बुवा सागर भण्डारीले चेक हस्तान्तरण गर्नुभयो ।

कोषको व्याजबाट प्राप्त रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा सहभागीले जनक भण्डारीले समाजमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

स्वर्गीय भण्डारीले विभिन्न संघ संस्थामा रही महत्वपूर्ण योगदान दिनु भएको स्मरण गर्नु हुँदै दरैठाँटी माविका प्रधानाध्यापक देवकोटाले अक्षयकोष मार्फत विद्यालयमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने व्यक्तिहरुलाई सम्मान गरिने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com