अन्ततः हुने भो रामपुर खानेपानीको निर्वाचन, अध्यक्षमा मिँया र भट्टराई बिच प्रतिस्पर्धा
पाल्पा।
पाल्पा रामपुरको खानेपानी सस्था रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सञ्चालन समितिको निर्वाचन हुने भएको छ । समितिको कार्यकाल सकिएर थपिएको १ बर्षको समयसिमा पनि सकिएको ४ महिनापछि अन्ततः समितिको निर्वाचनको लागि मतदान प्रक्रियामा गएको हो ।
आइतबार सस्थाको कार्यालयमा भएको मनोनयन दर्तामा प्यानलगत रुपमा मनोनयन परेको छ । निर्वाचन मण्डलले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आइतबार मनोनयन दर्ता समय तालिका अनुरुप मनोनयन दर्ता भएको हो । सस्थाको कुल १८ पदको लागि ३६ जनाले मनोनयन दर्ता गर्नुभएको निर्वाचन अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

खानेपानीको निर्वाचनमा राजनितिक रुपमा २ प्यानलगत मनोनयन परेको छ । नेपाली काङ्ग्रेस र संयुक्त प्यानलको बामघटक उम्मेदवार गरि २ प्यानलले मनोनयन गरेको हो ।नेपाली कांग्रेसको तर्फबाट हजिल दिन मिया उम्मेदवार रहनुभएको छ भने संयुक्त प्यानलबाट अध्यक्ष पदमा नेकपा माओबादीका कमलराज भट्टराईको उम्मेद्बारी परेको छ ।
उपाध्यक्षमा विष्णुमाया ढकाल र प्रेम प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा नीलकण्ठ पोखरेल र किर्तिनाथ श्रेष्ठ, कोषाध्यक्षमा भोजराज भट्टराई र खेमराज घिमिरेको मनोनयन परेको निर्वाचन मण्डलले जनाएको छ । यस्तै गरी खुला सदस्य पदमा विष्णुप्रसाद आचार्य, टेकबहादुर विश्वकर्मा, सरस्वती डोटेल, राजकुमार श्रेष्ठ, मुना थापा काङ्ग्रेसको तर्फबाट उम्मेद्बारी परेको छ भने दुर्गाबहादुर केसी, सुमित्रा ज्ञवाली, सुर्जे गैरे, विष्णुमाया सारु र मञ्जु देवी पोखरेल बामघटकबाट उम्मेद्बार रहनुभएको छ।
६ वटा ब्लक रहेको खानेपानीमा ब्लक नम्बर १ को उम्मेदवारमा कृष्णप्रसाद अर्याल र लेखनाथ रेग्मी ,ब्लक नम्बर २ मा भोजराज भण्डारी र टोप नारायण ढकाल, ३ मा वसन्त बहादुर मल्ल र मेदासी श्रेष्ठ, ब्लक नम्बर मा ४ कृष्णप्रसाद वाग्ले र रामप्रसाद भण्डारी, धनबहादुर राना र बुद्धि प्रकाश श्रेष्ठ ब्लक नम्बर ५ को संयोजकमा र मोहनबहादुर थापा र ओम नारायण श्रेष्ठ ब्लक नम्बर ६ बाट संयोजक पदका लागि २/२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तैगरी, लेखा समितिमा पनि प्यानलगत रुपमा दुबै पक्षको उम्मेद्बारी दर्ता भएको छ । लेखा संयोजकमा काङ्ग्रेसबाट दुर्गाप्रसाद पोखरेल र संयुक्त प्यानलबाट कृष्णप्रसाद श्रेष्ठको उम्मेद्बारी परेको छ । २ लेखा समिति सदस्य पदमा ४ जना उमेदवार हुनुहुन्छ । जसमा मञ्जु भट्ट क्षेत्री, कमल आचार्य र विपिन अधिकारी, पवित्रा कुमालको मनोनयन परेको छ । खानेपानी संस्थामा कुल ३६८४ मतदाता रहेका छन् ।
निर्वाचन मण्डलले प्रकाशन गरेको मनोनयन नाम लिस्ट –

