2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाको चौथो तीजगीत प्रतियोगिता सम्पन्न, नगर विकासमा लाग्न सहभागीको ध्यानाकर्षण

रामपुर नगरपालिकाको चौथो तीजगीत प्रतियोगिता सम्पन्न, नगर विकासमा लाग्न सहभागीको ध्यानाकर्षण


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
1.1K

पाल्पा ।

रामपुर नगरपालिकाको आयोजनामा आयोजित खुला तिजगीत प्रतियोगितामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर-५ पाल्पाको अनिसा रानाको समूह प्रथम भएको छ ।

रामपुर नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा १५  समूहले भाग लिएको थियो । प्रतियोगितामा नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पसबाट शशी ढकालको समूह द्वितिय, क्षेत्री समाज रामपुरको समूह तृतीय र नव दुर्गा आमा समूह रामपुर-३ दुर्गा भट्टराईको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक लखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा सहभागीहरुले गीत मार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भुमिका सहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेद्मा परेको बताउनुभयो ।  संघियता कै कारण जनताको घर दैलोमा सिंहदरबार आएको छ ।’ सापकोटाले भन्नुभयो- हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न हुदैन ।

उहाँले विश्वमै शालिग्राम पाईने एक मात्र नदी कालीगण्डकीको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी र शालिग्रामको संरक्षणका लागि डाईभर्सनको विरुद्धमा स्थानीय जनताको साथमा रहेर सदनमा आवाज उठाउँदै आएको र निरन्तर रुपमा लागि रहने समेत प्रतिवद्धता जनाउनुभयो । रातमा कालीगण्डकी करिडोरको बाटो हिडेर राम्रो गरि हेर्न नपाएकोमा अहिले सुन्दर रामपुरले मन लोभ्याएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहाकार विष्णु देवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त बताउँदै यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।  रजनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार विष्णु माया ढकालले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउन सके मात्र मुलुकको विकासले गति लिने बताउनुभयो । कार्यक्रममा नेपाल महिला संघ रामपुरका उपाध्यक्ष सावित्रा गैरे, अखिल नेपाल महिला संघ रामपुरका उपाध्यक्ष राधिका भण्डारीले आफ्नो धारणा राख्नु ‍भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com