2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेस चौतारी पाल्पाको आयोजनामा पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयक अनुशिक्षण

प्रेस चौतारी पाल्पाको आयोजनामा पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयक अनुशिक्षण


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
974

पाल्पा ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयक अनुशिक्षण सहित दर खाने  कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जिल्लामा क्रियाशील महिला पत्रकारहरुको सहभागितामा अनुशिक्षण चलाइएको हो । पत्रकारिता गरिरहेका र भर्खरै पत्रकारितामा प्रवेश गरेर सक्रिय रहेका महिला पत्रकारहरुको समय अनुसार क्षमता विकास गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रम गरिएको प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

उहाँले प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष रहेकोले जिल्लामा रहेका सबै पेशागत संगठनमा आबद्ध महिला पत्रकारहरुको सहभागितामा तीज मिलन कार्यक्रमसहित क्षमता विकासका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष तथा प्रेस चौतारी फाँट इन्चार्ज राजेश कुमार अर्यालले पत्रकारिताका नयाँ आयाम र लैङ्गिक तथा महिला दृष्टिकोण विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले न्यू मिडिया र डिजिटल पत्रकारिता, प्रयोग, चुनौती र अवसरका विषयमा सहजीकरण गर्दै पत्रकारितामा समाचार केवल तथ्य प्रस्तुत गर्ने मात्र नभै समाजलाई प्रतिनिधित्व गर्ने माध्यम रहेको बताउनुभयो । पछिल्लो समय सञ्चार प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रलाई आमूल परिवर्तन गरेको बताउदै फाँट इन्चार्ज अर्यालले परम्परागत पत्र–पत्रिका, रेडियो, टेलिभिजनसँगै न्यू मिडिया र डिजिटल पत्रकारिता मुख्यधारा बनेको बताउनुभयो । उहाँले सूचना उत्पादन, वितरण र उपभोग गर्ने तरिका नै बदलिएको समय भएकोले महिलाको दृष्टिकोण, लैंगिक सवाल र समानता समाचारमा समेटिनु लोकतान्त्रिक र न्यायपूर्ण सञ्चारको आधार बन्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी फाँट सहइन्चार्ज बन्दना पोखरेल, नेपाल प्रेस युनियन पालपा सभापति मन गहिरे, समाजवादी पे्रस संगठन केन्द्रीय सदस्य रमा भण्डारी, सञ्चारिका समूह पाल्पा अध्यक्ष सिता डोटेल, चौतारी सदस्य गीता रेग्मीलगायतले आफ्नो पत्रकारिताको अनुभव सुनाउनुभएको थियो । उहाँहरुले महिला जनसंख्या करिब ५१ प्रतिशत भए पनि समाचारमा उनीहरूको प्रतिनिधित्व न्यून रहने गरेको बताउनुभयो । तीजको शुभकामना व्यक्त गर्दै उहाँहरुले प्रेस चौतारी पाल्पाले ज्ञान लिने र पत्रकार महिलाहरुको एकै ठाउँमा जुटेर रमाइलो गर्ने अवसर प्रति धन्यवाद ज्ञापन गर्दै पाल्पाली पत्रकारिता क्षेत्रमा आफूहरुले सकेसम्म योगदान गरेको बताउनुभयो ।

क्रियाशील महिला पत्रकारहरुको सहभागिता चलेको अनुशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, पूर्व केन्द्रीय सचिवालय सदस्य गोविन्द भट्राई, प्रदेश सचिव कृष्ण पोखरेल, नेकपा एमाले पाल्पा प्रचार विभाग सचिव रेखीराम राना, निर्वतमान अध्यक्ष राजेन्द्र लिगल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनालगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रेस चौतारी पाल्पा उपाध्यक्ष रीमा सोमैको अध्यक्षतामा कार्यक्रम चलेको सचिव दयाराज न्यौपानेले जानकारी दिनुभयो । अनुशिक्षणपछि सहभागीहरुले मौलिक तीजको गीत गाएर रमाइलो समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com