2

Logo २०८३ बैशाख १३ आइतबार
रणउजिरेश्वरी भगवती कपको उपाधि पाल्पा भलिबल संघलाई

रणउजिरेश्वरी भगवती कपको उपाधि पाल्पा भलिबल संघलाई


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२
568

पाल्पा ।

श्रीनगर भलिबल क्लबको आयोजनामा भएको दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले जितेको छ । गत साउन २८ गतेदेखि सुरु भएको प्रतियोगिताको सोमबारा सम्पन्न फाइनलमा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पाल्पा भलिवल संघले पराजित गरेको हो ।

पाल्पा भलिबल क्लबले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा जापान टोकियो भलिबल क्लबलाई पराजित गरेको हो । पहिलो भएसंगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ ले पछि पार्दै तेस्रो भएको छ । मणिमुकुन्दले २८–२६, २५–१४, २१–२५ र २५–१६ को सेटमा नवलपुरलाई पछि पारेको हो । तेस्रो भएसंगै मणिमुकुन्दले ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागततर्फ उत्कृष्ट खेलाडी हिमाल सुनारी, बेष्ट सर्भर अशोक श्रेष्ठ, डिफेन्सतर्फ राजन दर्लामी, ब्लकर लोचन आले, सेटरमा दिपेश कुँवर, स्पाइकर सञ्जुविक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिनुभयो ।

महिलातर्फ निस्दी भलिबल क्लबलाई ३–० को सेटमा पछि पादै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ । उसले २५–१३, २५–२० र २५–२३ को सेटमा पछि पारेको हो । प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पारेको हो । तेस्रो भएको कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पायो भने सान्त्वना न्यूहोराइजनले ५ हजार पुरस्कार प्राप्त गरेको छ । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी अनिसा रोका, डिफेन्समा रस्मिता गुरुङ, ब्लकर लोकमाया बयम्बु, सेटरमा प्रतिभा चौधरी, स्पाइकर सोइ थापा र सर्भरमा रिचा गाहा भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिनुभयो ।

विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आले, नेपाली काग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र बितरण गर्नुभयो । स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com