2

Logo २०८३ बैशाख १३ आइतबार
स्वास्थ्यमन्त्री प्रदिप पौडेल तीजमा तनहुँ आउदै

स्वास्थ्यमन्त्री प्रदिप पौडेल तीजमा तनहुँ आउदै


Sabalnews प्रकाशित मिति : शनिबार, साउन ३२ २०८२
1.8K

तनहुँ ।

“संसार शेषनागको शिरमा होइन आदर्श युवाहरूको काँधमा अडिएको छ” भन्ने मूल नारा बोकेको पुष्पाञ्जली समाज सुधार समुहको तीज कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेल आउनुहुने भएको छ ।

विसं २०६३ साल ६ महिना २९ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय तनहुमा दर्ता भएको सस्थाले अनवरत रुपमा हरितालिका तीजको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मौलिक परम्परा जोगाउने उद्देश्यका साथ तीज गीत प्रतियोगिताका साथमा वडा स्तरीय भलिबल प्रतियोगिता, घैँटोफोर प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम मौलिक घाटु नाच, मारुनी नाच, कौरा नाच, नेवारी समुदायको लाखे नाच लगायतका कार्यक्रम आयोजना गरेको छ ।

पुष्पाञ्जली समाजले आगामी भदौ १० गते नेपाल सरकारका  स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय प्रदिप पौडेललाई ल्याउने तयारी गरेको समाजका अध्यक्ष सन्त बहादुर राणाले बताउनुभयो ।

घिरिङ गाउँपालिका वडा नम्बर १ बैडी दीपक माविको खेलमैदानमा हुन लागेको तीज विशेष कार्यक्रममा राष्ट्रिय कलाकारहरू सहित स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साथै संस्कृति झल्कने विविध कार्यक्रमहरु सञ्चालन हुने मञ्चका सचिव सुन्दर अधिकारीले जानकारी दिनुभयो।

तनहुँका नेता पौडेल यसपटक काठमाडौंबाट निर्वाचित भएपनि स्थायी तनहुँ जिल्ला भएकोमा तनहुँमा निरन्तर सहकार्य गर्दै आएका छन् । तीज पर्वको अबसरमा यसपटक केन्द्रिय नेता तथा स्वास्थ्यमन्त्री आउने भएपछि तनहुँमा अन्य कार्यक्रमको तय पनि भएको स्थानीय सालिकराम खनालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com