2

Logo २०८३ बैशाख १३ आइतबार
केन्यामा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

केन्यामा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २६ २०८२
533

केन्या ।

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा रहेका मानिसहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका थिए।

स्थानीय अधिकारीहरूका अनुसार यस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

बीबीसीले गरेको प्रहरी रिपोर्ट अनुसार शुक्रबार दिउँसो किसुमु-काकामेगा राजमार्गमा चालकले बसको नियन्त्रण गुमाउदा बस सडकबाट खाल्डोमा खसेको थियो ।

१० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै र ४ जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका भएको अनुमान छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com