2

Logo २०८३ बैशाख १३ आइतबार
कक्षा १२ को नतिजा प्रकाशन, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.८३ विद्यार्थी ननग्रेड

कक्षा १२ को नतिजा प्रकाशन, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.८३ विद्यार्थी ननग्रेड


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन २१ २०८२
687

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ। सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्।

कक्षा १२ को नतिजामा उत्तीर्ण प्रतिशत गत वर्षभन्दा ९ प्रतिशतले बढेको छ। गत बर्ष ५२. ९१ प्रतिशत उत्तीर्ण भएका थिए।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  result.neb.gov.np   neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com