2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्ला बाल संगठनकाे अधिवेशन सम्पन्न

जिल्ला बाल संगठनकाे अधिवेशन सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, साउन १९ २०८२
806

पाल्पा ।

जिल्ला बाल संगठन पाल्पाको १३ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन उद्घाटन गर्दै संगठनका सल्लाहकार एवं वरिष्ठ पत्रकार मेघराज शर्माले बालअधिकार, बालबालिकाको संरक्षण र अभिभावक सचेतनाको क्षेत्रमा संगठनले काम गर्न आग्रह गर्नुभयो ।

उहाँले बाल संगठनले आर्थिक स्रोत जुटाएर जिल्लाभर आफ्नो कार्यक्रम लिएर जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संगठनका सभापति सोमनाथ अर्यालले संस्थाले गरेका काम तथा आगामी दिनमा गर्न सकिने योजनाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभन्न संस्थाहरूकाे सहयाेगमा भवन मर्मत, बाल संगठन मातहत रहेका सम्पत्तिकाे संरक्षण, बालअधिकार सम्बन्धी विविध कार्यक्रम गरेकाे जानकारी दिनुभयाे । संगठनका सचिव नविन थापाले संस्थाको आर्थिक आयव्याय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष रेखीराम राना, बालमन्दिर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बस्याल, विद्यालयका प्रधानाध्यापक पार्वती पौडेल, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हिरा आचार्यलगायतले आ–आफ्नो धारणा राख्नुभयो ।

अधिवेशनले पुन सोमनाथ अर्यालको सभापतित्वमा नयाँ समिति निर्वाचित गरेको छ । जसको सदस्यहरुमा गोविन्द नेपाल, नविन थापा, राजेन्द्र लिगल, ढकेश्वर बस्याल, शिवकुमारी गाहा, रामप्रसाद तिमिल्सिना, मन्जु विक निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com