नहरमा एक वृद्ध मृत फेला
पाल्पा ।
जिल्लाको रामपुरमा नहरले बगाएर एक वृद्धको मृत्यु भएको छ । रामपुर फाँट सिंचाई आयोजनाको नहरले बगाएर रामपुर नगरपालिका ४ सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धन बहादुर थापाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसाे पौने दुईको समयमा रामपुर नगरपालिका ५ बेझाँड स्थित नहरको दुई नं. २ शाखा नहरमा बग्दै गरेको अवस्थामा थापाको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।
नहरमा मानिस बग्दै आएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पानीबाट निकाले पछि आफन्तले पहिचान गरेको प्रहरी निरीक्षक नेपालीले बताउनुभयो । दिउँसो झण्डै १२ बजेको समयमा थापा घरबाट निस्किनु भएको परिवारले बताएका छन्। थापाको शव घर देखि झण्डै साढे दुई किलोमिटर तल नहरमा फेला परेको हो । शव पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाईएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।