2

Logo २०८३ बैशाख १३ आइतबार
ओमसतीया गाउँपालिका न्यायिक सम्पादनमा अब्बल

ओमसतीया गाउँपालिका न्यायिक सम्पादनमा अब्बल


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन १६ २०८२
925

रुपन्देही ।

रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका न्यायिक सम्पादनमा अब्बल देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकामा दर्ता भएका ६२ वटा विवादहरूमध्ये ४६ वटा विवादहरू सफलतापूर्वक सम्पादन गरिएका छन्।

न्यायिक समितिबाट ३५ वटा र मेलमिलापकर्ताबाट ११ वटा गरी जम्मा ४६ वटा मुद्दा समाधान भएको हो। यसरी कुल विवादमध्ये ७४.१९ प्रतिशत विवादको समाधान गरिनु उल्लेखनीय प्रगति भएको पाइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनीता चौधरीको सक्रियता र समिति, वडागत मेलमिलाप केन्द्रए सफलता सम्भव भएको हो । स्थानीय तहमा न्यायको पहुँच सुनिश्चित गर्ने प्रयासस्वरूप गाउँपालिकाले न्यायिक कार्यमा देखाएको सक्रियता नागरिकहरूका लागि भरोसा बनेको छ ।

न्यान सम्पादन गर्दा भुमिका निकै निश्पक्ष हुनुपर्नेमा म आफैले जोड दिन्छु संयोजक चौधरीले भन्नुभयो । स्थानीय समस्याको स्थानीय तहमै समाधान गर्दै आएको ओमसतीया गाउँपालिकाको यो कार्य अन्य स्थानीय तहहरूको लागि प्रेरणाको स्रोत बन्न सक्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com