2

Logo २०८३ बैशाख १३ आइतबार
विद्यालयलाई योग म्याट हस्तान्तरण

विद्यालयलाई योग म्याट हस्तान्तरण


Sabalnews प्रकाशित मिति : आइतबार, साउन १२ २०८२
2K

पाल्पा ।

नसर्ने रोग न्यूनीकरणका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पाल्पाको दमकडा माबिलाई योग म्याट हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा दमकडा माध्यमिक विद्यालय तानसेन ९ पाल्पालाई लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले म्याट प्रदान गर्नुभएको हो ।

सामग्री हस्तान्तरण गर्दै माननीय मन्त्री सारुले स्वास्थ्य मन्त्रालय लुम्बिनीले अभियान नै सञ्चालन गरेर नसर्ने रोग न्यूनीकरण गर्न लागिपरेको बताउनुभयो । उहाँले विद्यार्थीहरु आफु मात्र परिवर्तित हुने नभएर सिंगो समुदायलाई नै परिवर्तन गर्ने संवाहक भएकोले सिकाई संगै स्वस्थताको लागि म्याट सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजेश कुमार अर्याल सहित प्रध्यानध्यापक, शिक्षक प्रतिनिधिहरुको सहभागिता थियो । योग म्याटले दृष्टिविहिन विद्यार्थीलाई कबड्डी खेलाउन, राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, तेक्वान्दो र कराते जस्ता खेल खेलाउन सहज हुने विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com