पाल्पामा विएससी सिएस आइटीकाे पठनपाठन हुने
पाल्पा ।
पश्चिम नेपालकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्यापसमा प्राविधिक विषयकाे पठनपाठन हुने भएकाे छ । याे शैक्षिक सत्रदेखि क्याम्पसले विएससी सिएस आइटीकाे पठनपाठन सुरूवात गर्ने तयारी गरेकाे क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले जानकारी दिनुभयाे ।
याे विषयकाे पठनपाठन गराउनका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत पाएकाे उहाँले जानकारी दिनुभयाे ।
हाल कक्षा १२ काे परीक्षा दिएर नतिजाकाे पर्खाइमा रहेका विद्यार्थीहरूका लागि याे खुसीका खबर हाे, उहाँले भन्नुभयाे सूचना प्रविधिकाे विषयमा रूचि राख्ने विद्यार्थीले नजिकैकाे क्याम्पसमा पढ्रन पाउने अवसर हाे ।
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित याे कार्यक्रम ४ वर्षे अवधिमा (८ सेमेस्टर) स्नातक तह सकिन्छ । पछिल्लाे समय याे विषय अध्ययनका लागि विद्यार्थी आकर्षण देखिन्छ । यस विषय अध्ययनका लागि हाल पाल्पा र आसपास जिल्लाबाट विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता छ ।