2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली समाज युएईले २७ जुलाईमा तिज विशेष कार्यक्रम गर्दै

पाल्पाली समाज युएईले २७ जुलाईमा तिज विशेष कार्यक्रम गर्दै


Sabalnews प्रकाशित मिति : सोमबार, साउन ६ २०८२
2.9K

युएई ।

युएईमा रहनुभएका पाल्पालीहरुको संस्था पाल्पाली समाज युएईको आयोजनामा यस वर्ष पनि तिज धमाका सास्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली चेलीहरुको पर्व हरितालिका तिज पछिल्लो समय रमाइलो गर्ने, देश परिस्थिति र बिदेशिनु नेपालीहरुको बाध्यताका बिषयमा महिला पुरुषमा उत्तिकै रौनकता थप्ने पर्वको रुपमा विकसित भएको छ । यसैबिचमा पाल्पाली समाज युएईले युएईको बरदुबईमा नेपाली कलाकारको साथमा तिज महोत्सवको माहोल सिर्जना गर्ने तयारी गरेको जनाएको छ ।

तिज सास्कृतिक कार्यक्रमको आयोजना गरेको समाजले विगतका वर्षमा भन्दा केही पृथक गर्ने गरि तयारी थालेको समाजका अध्यक्ष कैलाश अर्यालले जानकारी दिनुभयो । “घर परिवारको सपना बुनेर अरुको देशमा आएपनि मनमा नेपाली छ, हाम्रो हरेक कला सस्कृति र पर्वलाई हामी सकेसम्म उत्सवका रुपमा लिने गरेका छौ अर्यालले भन्नुभयो । बिगतका तिजमा पनि नेपाली दिदीबहिनीलाई दाजुभाइले आफै परिकार बनाएर खुवाउने, रमाइलो गर्ने, सानो तिनो भएपनि गिफ्ट दिएर युएईमा तिज मनाउदै आउनुभएको थियो ।

आफ्नो जन्मभुमिका केही गरौं भनेर संगठित भएकोमा समाज स्थापनापछि जिल्लामा केही न केही राम्रा काम गर्न सफल भएको उहाँले बताउनुभयो । नियमित सक्रियता, भेटघाट र आफ्नो जिल्लाका कलाकारलाई स्थान दिने विभिन्न समयमा कार्यक्रम गर्दै आएको समाजले तिजमा कलाकार बोलाएको यो पहिलो हो भने बार्षिकउत्सव सहित विभिन्न समयमा कलाकार झिकाएको यो पाचौ पटक हो । नेपालबाट कलाकार ल्याएर रमाइलो माहोल सिर्जनाले थप उत्साह जुट्ने अर्यालको भनाइ छ ।

२७ जुलाई सन् २०२५ आइतबार बरदुबईको SK7 हलमा दिनको १ बजे हुने तिज विशेष धमाकामा पाल्पाली गायकहरु नवीन पौडेल र सुशीला गौतमको धमाकेदार प्रस्तुति संगै दुबईमा हुने नेपालीहरुको गायन र नृत्य रहने कार्यक्रम संयोजक सीता बस्यालले जानकारी दिनुभयो । हजारौ नेपालीको उपस्थिति रहने कार्यक्रममा सहभागीहरु पाल्पाली ढाकामा सजिने बस्यालले बताउनुभयो । पाल्पाली उत्पादित पाल्पाली कोट पुरुषले र महिलाले ढाकाको साडी अनिवार्य लगाउने गरि तयारी भएको छ । बरदुबईको तिज धमाकामा पाल्पाली करुवा अर्को आकर्षणको केन्द्र बन्नेछ ।

संस्कृति संरक्षण, पाल्पाली पहिचान र नेपाली नारीहरूको महान चाड तिजलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा “ढाकाको प्रयोगले घरेलु उत्पादनको प्रचार मात्र नभई,आफ्नो मौलिक पहिचानको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अध्यक्ष कैलाश अर्यालले बताउनुभयो ।

सन् २०१४ मा पाल्पाली र पाल्पा जोड्ने उद्देश्यले स्थापना भएको पाल्पाली समाज युएई गठन भएको ३/४ महिनामा नै २०७२ को भुकम्पको चपेटामा परेका नेपालीलाई उद्दार र राहतमा होमियो । समिति गठन गरेर कोष शुरुवात गर्न जुटेका युएईबासी पाल्पालीले भुकम्पको थिलोथिलोमा परेको नेपाललाई उठाउन प्रधानमन्त्रीकोषमा रकम पठाए ।
यो मात्र होइन कोभिडको कहरमा परेका नेपालीलाई बचाउन सहयोग गरे । पाल्पामा उपचारको लागि मेसिन समेत भित्र्याए । आपत बिपतको बेला समाज खम्बाझै अडिक बनेर सघाएको छ ।

स्थापना कालदेखि नै पाल्पाली समाज युएईले युएईमा कार्यरत पाल्पाली तथा अन्य नेपालीहरूको सुखदु:खमा साथ दिँदै आएको छ। दुर्घटना, बेरोजगारी, मृत्यु लगायतका दुःखद अवस्थामा अङ्गभङ्गलाई घर पठाउन, शव व्यवस्थापनदेखि आर्थिक सहयोग, बालबालिकाको शिक्षामा सहजीकरणसमेत गर्दै आएको समाजका महासचिव खुम प्रसाद न्यौपानेले बताउनुभयो ।

पाल्पा जिल्लाका तत्कालिन ६० गाविसका विभिन्न आधारभूत विद्यालयहरूमा अक्षयकोष स्थापना गर्ने गरि अघि बढेको समाज नगरपालिकाका विद्यालयमा समेत पुगेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले २० लाख बढीको अक्षयकोष खडा गरेको छ।

नेपालबाट वैदेशिक रोजगारका लागि आउन चाहने नेपालीलाई हुनसक्ने समस्याबाट बचाउन र युएईमा समस्यामा परेकालाई पाल्पाली समाज युएईले सचेतनामुलक होडिङ बोर्ड राखेको छ । पाल्पा जिल्लाका सबै १० स्थानीयतहको प्रशासनिक कार्यालय, प्रशासनमा प्रवासी सुचना प्रवाहमुलक होडिङ बोर्ड स्थापना गरेको पाल्पाली समाजका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार ओम कुमारी खाणले बताउनुभयो।

युएईमा अन्य समाजको तुलनामा पाल्पाली समाजले युएईमा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एकतामा बाँध्दै विभिन्न जनचेतनामूलक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ।

हरितालिका तीज नजिकिदै जांदा बरदुबईको सेरोफेरोमा यही कार्यक्रम तयारीको माहोलले तिजको रौनकता बढेको पाल्पाली समाजका पुर्व अध्यक्ष तथा नेपाली समाजका निवर्तमान अध्यक्ष बेद प्रसाद अर्यालले बताउनुभयो । विभिन्न सामाजिक संघसंस्थाहरु तीजको तयारीमा जुटेका छन्, नेपाली पसलहरुमा दिदीबहिनीहरुको चहलपहल बढेको छ, उहाँले भन्नुभयो- युएईमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले तीज दशै, तिहारलाई धुमधांमका साथ मनाउने प्रचलन ल्याएका छन् ।

नेपालबाट कलाकारको टिम शनिबार बिहानसम्म दुबई पुगिसक्नेछ । युएईमा रहेका स्थानीय कलाकारहरुमा गायक नरेन सापकोटा, गायक बुद्धि सागर, गायिका निरुता गैरे, गायक तेजु मगर, गायक अर्जुन न्यौपाने तयारीमा छन् भने सुरक्षा अधिकारी, सोनम घिमिरे, प्रिन्सेस अर्याल र जिया कंडेल नृत्य पोषाकमा सजिएर दैनिकी भेटघाट तयारीमा रहेका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पाल्पाली समाज युएईका अध्यक्ष कैलाश अर्यालले बताउनुभयो । नेपालबाट पाल्पाली सामान केही आइपुगेको छ, केही आउदैछ, अफिस टायम म्यानेज गरेर दैनिक तयारीमा जुटेका छौं- उहाँले थप्न्नुभयो।

कार्यक्रममा दर्शकको रुपमा आउने प्रत्येक महिला दिदीबहिनीहरुलाई अतिथिको व्याज र ढाकाको खादाले अतिथि सत्कार गर्ने तयारी समाजको छ । यस्तो तयारी युएईमा पहिलो पटक गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com