सरोकारवालका बिच स्वास्थ्य कार्यालय पाल्पाको आब ०८१/०८२ को कार्य सार्वजनिक
पाल्पा ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कार्यक्रमको सार्वजनिककरण कार्यक्रम पाल्पाको तानसेनमा गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पाको स्वास्थ्य क्षेत्रमा सुधार गर्न मन्त्रालयले प्राथमिकता दिएर लागिपरेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य कार्यालय पाल्पाले पाल्पाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पा विगत २ वर्षमा सबै स्वास्थ्य कार्यालयहरु मध्ये उत्कृष्ट भएको भन्दै आगामी दिनमा पनि यो नतिजा कायम राख्न मन्त्री सारुले सुझाउनुभयो ।
उहाँले काम गर्ने संस्थाहरुलाई आवश्यकता अनुसार बजेटको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री सारुले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम निकै प्रभावकारी भएकोले प्रदेशका सबै स्थानीय तहमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्रा गहतराज, जिल्ला समन्वय समिति प्रमुख टंक खनाल, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, गाउँपालिकाका अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता थियो ।
जिल्ला जनस्वास्थ्य अधिकृतले जिल्लामा चालू आबमा सञ्चालित कार्यक्रम, अभियानको प्रतिबेदन प्रस्तुत गर्दै प्राप्त उपलब्धि र सुधार गर्नुपर्ने पक्षका बिषयमा जानकारी गराउनुभयो ।