2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकामा चालु आ.व.मा ३ सय ८९ योजना सम्पन्न

रामपुर नगरपालिकामा चालु आ.व.मा ३ सय ८९ योजना सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, असार २९ २०८२
862

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ३ सय ८९ योजनाका काम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ३ वटा योजना समावेश गरेकोमा १४ वटा योजना सम्पन्न हुन सकेन ।

जसमध्ये ९ वटा योजनाको सम्झौता नै भएन भने ५ वटा योजना सम्झौता भएर पनि काम नभएको रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरु भई तोकिएकै मितिमा सम्पन्न भएको हो । जसबाट यस वर्ष वित्तीय प्रगति ८७ प्रतिशत भएको छ ।

रामपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको थियो । रामपुरले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६.३१ प्रतिशत बढी वित्तीय प्रगति गरेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न हुन सफल भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

योजना शाखा प्रमुख विक्रम बस्नेतले योजना सम्झौता, कामको अबस्था, नियमित सुझबुझ, ताकेता र सम्पन्न गर्नैपर्ने निर्देशनले गर्दा ८७ प्रतिशत बित्तिय सफल भएको बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । जस अन्तर्गत ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ यो खर्च रकम ७९.०१ प्रतिशत हो । चालुतर्फ नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तीय प्रगति ९०.२२ प्रतिशत हो ।

आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा सामाजिक सुरक्षा भत्ता र सडक बोर्डमार्फत आउने बजेट  समावेश भएको छैन । नगरपालिकाले संघीय समानीकरण अनुदान १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँटबाट १० करोड ६३ लाख ९८ हजार, संघीय समपूरक पुँजीगत ९१ लख, संघीय विशेष अनुदान ७५ लाखको बजेट रहेको जनाएको छ ।

संघीय ससर्त चालुतर्फ ३५ करोड ११ लाख, संघीय ससर्त चालुतर्फ २ करोड ८ लाख, प्रदेश समानीकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड २९ लाख ३७ हजार बजेट रहेको छ । प्रदेश समपूरक १ करोड २० लाख, प्रदेश ससर्त चालुतर्फ १५ लाख ८ हजार र पुँजीगततर्फ ३ करोड र आन्तरिक स्रोत अल्यासहित १४ करोड जुटाउनेछ । खर्चतर्फ चालु बजेट ६० करोड ५० लाख ५८ हजार र पुँजीगत खर्च २१ करोड ६८ लाख ८ हजार विनियोजन गरेको छ ।

नगरपालिकाले १० वटै वडालाई समान रूपमा ६०–६० लाख विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com