त्रिभुवन बहुमुखी क्याम्पसकाे ७१ औं वार्षिकाेत्सव सम्पन्न
पाल्पा ।
पाल्पा तानसेनमा रहेकाे त्रिभुवन बहुमुखी क्यामपसले ७१ औं वार्षिकाेत्सव मनाएकाे छ । क्याम्पसले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना दिनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य ठाकुर गैरै, लुम्बिनी प्रदेश सभाअध्यक्ष तुलाराम घर्तीमगर, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र विक, राप्रपा अध्यक्ष डुल बहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका सचिव जगन्नाथ नेपाल, राजमो अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले लगायतले शुभकामना दिनुभयाे । यस्तै प्राध्यापक संघका सभापति खिमबहादुर राना, कर्मचारी संघका अध्यक्ष डुकुल ढकाल, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई,व्यापार संघ पाल्पाका अध्यक्ष विष्णु कार्की, र स्ववियु सभापति मिलन घर्तीमगर लगायतले मन्तब्य राख्नुभएको थियो ।
एक लाख ११ हजार १११ रूपियाँकाे अक्षयकाेष स्थापना
यसैबीच, क्याम्पसका पूर्व प्रशासक स्व. गणेश गुभाजुको स्मृतिमा उहाँका श्रीमती एवम् छोराछोरीबाट गणेश स्मृति छात्रवृत्तिका लागि रू. १ लाख ११ हजार १११ रूपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
क्याम्पस प्रमुख डा. टंक पन्थले २५२८ विद्यार्थी रहेको त्रिभुवन क्याम्पसको भौतिक सुविधा, प्राध्यापक तथा कर्मचारीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवनविश्वविद्यालय स्वायत्त रहेको बुझाइ रहे तापनि कतिपय शैक्षिक कार्यक्रमहरू क्याम्पसको निजी व्यवस्थापनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेका बताउनुभयाे ।
साे अवसरमा प्राध्यापकहरूलाई सम्मान, विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति, विभिन्न प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सभा कार्यक्रम सहायक क्याम्पस प्रमुख श्रीचन्द्र शाक्यको स्वागत र अर्का सहायक क्याम्पस प्रमुख चन्द्र बहादुर थापाकाे धन्यवाद ज्ञापन, सहायक क्याम्पस प्रमुख सन्तोष खनालकाे संचालन र क्याम्पस प्रमुख डा. पन्थकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।