2

Logo २०८३ बैशाख १३ आइतबार
एएफसी महिला एसियन कप छनौटमा नेपालको हार, पेनाल्टीमा चुक्यो नेपाल

एएफसी महिला एसियन कप छनौटमा नेपालको हार, पेनाल्टीमा चुक्यो नेपाल


Sabalnews प्रकाशित मिति : शनिबार, असार २१ २०८२
575

काठमाडौं ।

उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनौटतर्फ निर्णायक मानिएको खेलमा नेपाल पराजित भएको छ । हार संगै एएफसी महिला एसियन कपमा छनौट हुने नेपालको अबसर समाप्त भएको छ ।

समूह एफतर्फ निर्णायक मानिएको खेलमा शनिबार नेपालले दश खेलाडीमा खुम्चिएको बलियो आयोजक उज्वेकिस्तानसँग पेनाल्टी शुटआउटमा नतिजा सुम्पिन बाध्य बनेको हो ।

प्रेरणादायी कप्तान साबित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा नेपालले उज्वेकिस्तानसँग निर्धारित समयको खेल ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थियो । बराबरी पश्चात् अंकतालिकामा समान अंक र समान गोलभिन्नता भएपछि नयाँ नियमअनुसार खेल सोझै पेनाल्टीतर्फ मोडिएको थियो ।

पेनाल्टी शुटआउटमा भने नेपालका लागि साबित्रा भण्डारी र अन्जना राना मगर चुक्दा नेपालले घरेलु टोली उज्वेकिस्तानसँग २–४ ले नतिजा सुम्पिन बाध्य बन्यो ।

योसँगै समूह एफबाट उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट भएको छ । साथै समुह एफबाट नेपालसहित श्रीलंका र लाओस भने बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com