2

Logo २०८३ बैशाख १३ आइतबार
विशेष नापीद्दारा पाल्पामा जग्गाधनी दर्ता प्रमाणपत्र पुर्जा बितरण शुरु

विशेष नापीद्दारा पाल्पामा जग्गाधनी दर्ता प्रमाणपत्र पुर्जा बितरण शुरु


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
1.7K

पाल्पा

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट शुरु गरेको छ । नापी बिभागले गत २०७२ देखि कार्यालय स्थापना गरि बिशेष नापीको काम शुरु गरेको थियो ।
पहिलो चरणमा रामपुर नगरपालिका ५ बाट पुर्जा बितरणको काम शुरु गरेको कार्यालयले जनाएको छ।

१५ जना नागरिकलाई जग्ग्गा धनी पुर्जा बितरण गर्दै भुमी व्यबस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले जग्गाको मालिक बनाउने काम विशेष नापीले गरेको बताउनुभयो । एकातर्फ पुर्जा पाउनु अर्कोतर्फ राष्ट्रले नियमित राजस्व बुझ्ने कुरा पनि हो, मन्त्री अधिकारीले भन्नुभयो- नियमित राजश्वले देशको विकासमा टेवा पुग्छ । उहाँले रामपुरमा २/३ हजारको हाराहारीमा अव्यबस्थित जग्गा रहेको भन्दै यो प्रक्रियासम्म आउन स्थानीय तह जिल्ला कार्यालय र केन्द्रले काम गरेर नै सम्भव भएको बताउनुभयो ।

पुर्जा लिएको १० बर्षसम्म बेच्न नपाउने नियम पुर्जा नलिदै एकदेखि २/३ जनालाई बेचिने लगायतको समस्याले हो, यसले बैंकमा राख्न समस्या होला तर आफ्नो हातमा पुर्जा हुनु सकारात्मक लिनुपर्ने बताउनुभयो । अहिलेको आयोग अन्तिम आयोग भनेको छ, अब पुर्जाको हकमा यही समितिले सबै काम सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले फरक प्रसङ्गमा लोकतन्त्रमाथि कुठाराघात गर्नेहरु सल्बलाईरहेको बताउनुभयो । उहाँले कुनै तत्व र तप्का लोकतन्त्रमाथि जाईलागेको बताउदै यही सरकारले जग्गाधनी पुर्जाको काम सक्ने बताउनुभयो ।

नापी बिभागका महानिर्देशक प्रकाश जोशीले सबैको साथ र सहयोगले पुर्जा बितरण सम्भव भएको बताउनुभयो । कार्यालय र कर्मचारीले काम गरिरहेका छन् । रामपुरका निवेदकदेखि स्थानीय तह र सरोकारवालाको सहयोग भयो र पुर्जा लिन सम्भव भयो उहाँले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले पुर्जा दिने बिषयमा छ्लफल भएर लाग्ने कुरामा प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो ।

प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले अव्यवस्थित जग्गाधनी पुर्जा बितरण गर्दै नागरिकको पुर्जाले १० बर्ष हद म्यादले बैंक देखि विभिन्न समस्या आउने भएकोले यसको समयसिमा हटाउन अनुरोध गर्नुभयो ।

नापी बिभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको पुर्जा बितरण कार्यक्रममा विशेष नापी कार्यालय पाल्पाका प्रमुख पुर्ण प्रसाद पाण्डेको स्वागत र सञ्चालन सर्वेक्षक सरिता चन्दले गर्नुभएको हो ।

२०७२ सालमा पाल्पामा स्थापना भएको विशेष नापीले रामपुरका ५०० नागरिकको पुर्जा तयार गरेर बितरण थालेको जनाएको छ । रामपुरबाट शुरु भएको बितरण अभियान अब काम भएका माथागढी, बगनासकाली र तानसेनमा पनि बिस्तारै बितरण गर्दै जाने बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com