2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर ४ मा जेष्ठ नागरिक स्नेह मिलान कार्यक्रम सम्पन्न

रामपुर ४ मा जेष्ठ नागरिक स्नेह मिलान कार्यक्रम सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
813

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका ४ ले जेष्ठ नागरिकलाई भेटघाट तथा स्नेह मिलन कार्यक्रम गरेको छ । वडा भित्रका जेष्ठ नागरिकहरुलाई जम्मा पारेर उनीहरुको कुरा सुन्ने सम्मान गर्ने गर्ने गरि स्नेह मिलानको आयोजना गरेको हो ।

जेष्ठ नागरिक संघ रामपुर ४ को आयोजना र रामपुर नगपालिका ४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक संघ रामपुर ४ का अध्यक्ष एक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमा जेष्ठ नागरिक संघ पाल्पाका संयोजक देवराज ढकालले जेष्ठ नागरिक प्रति राज्यले निर्वाह गर्नु पर्ने कर्तव्य, बाबुआमा प्रति सन्तानको भुमिका र बाबुआमाले सन्तान प्रति निभाउनु पर्ने भुमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उहाँले जेष्ठ नागरिक प्रति राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । साथै अभिभावकले सन्तानलाई हाम्रो संस्कार र संस्कृति बारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वडा भित्रका जेष्ठ नागरिकहरु संग अन्तरक्रिया गर्नुहुँदै रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले उहाँहरुको आवश्यकता र समस्याको बारेमा जानकारी लिनुभएको थियो । जेष्ठ नागरिक अनुभव र ज्ञानको भण्डार रहेको भन्दै उहाँहरुको मार्गदर्शन अनुसार वडाले आफ्‌नो गतिविधि सञ्चालन गर्ने बताउनुभयो । साथै, जेष्ठ नागरिकहरुको समस्या समाधानका लागि वडा प्रतिवद्ध भएर लाग्ने समेत बताउनुभयो ।

कार्यक्रममा रामपुर ४ का वडा सदस्य मोहन सिं राना, पूर्व जनप्रतितिनिधि मञ्च वडा संयोजक लुक बहादुर विरकट्टा, जेष्ठ नागरिक संघ रामपुर नगर समितिका सचिव तिर्थ प्रसाद ढुङ्गाना, नेपाली कांग्रेस रामपुर ४ का कार्यवाहक सभापति विष्णु जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य एवं वडा नं. ४ का इन्चार्ज टेक बहादुर क्षेत्री र बाङ्गेपसल भिमसेन टोल विकास संस्थाका संयोजक क्याप्टेन धन बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा वडा भित्रका ७५ वर्ष भन्दा माथिका १०३ जना जेष्ठ नागरिकहरुलाई दुई/दुई वटा हर्लिक्स प्रदान गरी सम्मान गरेको थियो । जेष्ठ नागरिक संघ रामपुर ४ का उपाध्यक्ष आइसा मियाँको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सदस्य दिल बहादुर कौशी धन्यवाद दिनु भएको थियो । ४ नं. वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको सञ्चालन संघका सचिव प्रेम बहादुर पोखरेलले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com