तानसेनले ल्यायो १ अरब,४६ करोड ५० लाखको बजेट, सुत्केरी सट्टा शिक्षकको थालनी
पाल्पा ।
तानसेन नगरपालिकाको नगरसभाको १७ औं अधिबेशनको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ । नगर सभामा उपप्रमुख प्रतीक्षा सिंजालीले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभयो ।
उहाँले १ अर्ब ४६ करोड ५० लाख ९६ हजार ८०७ रुपैयाँको बजेट प्रस्ताब गर्नुभयो । बजेटको आम्दानीमा संघ समानीकरण अनुदान १५ करोड ३८ लाख, समपुरक अनुदान १ करोड ८५ लाख,सशर्त अनुदान चालुतर्फ ३९ करोड ९१ लाख, पुजीगत ३४ करोड ९५ लाख, विशेष अनुदान २ करोड २ लाख, राजश्व बाडफाड १० करोड, ८८ लाख ८१ हजार बजेट आम्दानी प्रस्ताब गर्नुभएको छ ।

त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड ८ लाख १५ हजार, सशर्त अनुदान १ करोड ५५ लाख ८ हजार, समपुरक अनुदान १ करोड २० लाख,राजश्व बाडफाड १ करोड ३० लाख ३८ हजार रहेको छ । यसैगरी आन्तरिक राजस्व १७ करोड १४ लाख ८५ हजार अनुमान गरिएको छ ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै समृद्ध सास्कृतिक शहरको रुपमा तानसेनलाई अघि बढाइने बताउनुभयो । कृषि उत्पादन र पर्यटन मार्फत रोजगारी सिर्जना गर्ने, सार्वजनिक, निजि र सहकारी क्षेत्रसंग साझेदारीलाई प्राथमिकता दिएको नगरले अदुवा कृषकलाई प्रती केजी ५ र दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर २ रुपैयाँ अनुदानालाई निरन्तरता दिएको छ । न्युनतम २० युनिटसम्म बिद्दुत खपत गर्नेलाई महशुल अनुदान र ग बर्गको अपाङ्गतालाई मासिक ५ सय भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सुत्केरी सट्टा शिक्षक कार्यक्रमको शुरुवात गरेको छ । प्रतीकक्षा २० विद्यार्थी न्युनतम मानेर सो सरकारी सामुदायिक विद्यालयलाई रकमको व्यबस्था र प्र. अ. लाई प्रोत्साहन मासिक ५ सय थप गरिदिने निति ल्याएको छ । सभाको शून्य समयमा सभा सदस्य माधव बस्याल, सीता बस्नेत, राधिका थापा लगायतले सुझाब पेश गरेका थिए । सभा सञ्चालन सामाजिक विकास शाखा प्रमुख भरत आचार्यले गर्नुभएको थियो ।