तिलगुफा नगरपालिकाले ल्यायो ७० करोड, १४ लाख, ९ हजार बजेट
कालिकोट ।
तिलागुफा नगरपालिकाको १७ औं नगर सभा सम्पन्न भएको छ । नगरसभामा नगरका प्राथमिकताका उत्पादन, स्वरोजगार र समन्वयलाई योजना तथा कार्यक्रममा प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ ।

नगरसभाका अध्यक्ष नगरप्रमुख शंकर प्रसाद उपाध्यायले गत ८ गतेको बृहत् सल्लाह सुझाव, वडागत प्राथमिकीकरण र आबश्यकतालाई आत्मसाथ गरेर नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो ।

सभामा नेकपा माओवादी प्रदेश कमिटी सदस्य तथा निवर्तमान नगर प्रमुख रत्न ब. शाहिले शुभारम्भ गर्दै नगर गौरवलाई जोड दिदै नगरबासीको समृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नगर उपप्रमुख महेन्द्र ब. शाहीले आर्थिक वर्ष २०८२/०८३ को लागि कुल बजेट ७० करोड, १४ लाख, ९ हजार ७ सय १० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । बजेटलाई अझ सुझाब अनुसार सम्बोधन गर्ने सभा अध्यक्षले जानकारी दिनुभयो ।
तिलागुफा नगरपालिकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीलाई दक्षताको कदर गर्दै कार्य सम्पादनको आधारमा सम्मान गरेको छ ।