औषधी व्यबसायी संघको स्थापना दिवसका अवसरमा वृक्षारोपण
पाल्पा ।
नेपाल औषधी व्यबसायी संघको स्थापना दिवसको अवसरमा पाल्पाको रामपुरमा संघले वृक्षारोपण गरेको छ ।
नेपाल औषधि व्यबसायी संघ रामपुरले रामपुरको रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा कटहर, कपुर, निम, धुपी, गुलमहर, राजबृक्ष जस्ता बिभिन्न जातका बिरुवा रोपेको हो । विद्यालय विद्यालय ब्यवस्थापन समितिको समन्वयमा औषधी व्यवसायी संघको आयोजनामा खाली चौरमा बिरुवा रोपिएको हो ।

व्यबसायी संघ पाल्पा उपशाखा रामपुर अध्यक्ष निरोज श्रेष्ठको अध्यक्षतामा संघमा आबद्ध तथा औषधी व्यबसाय सन्चालन गर्दै आएका व्यबसायीले बृक्षारोपण गरेका हुन् ।