2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख


Sabalnews प्रकाशित मिति : सोमबार, असार ९ २०८२
575

पाल्पा ।

पाल्पाको रिब्दीकोट गाउँपालिका गाउँसभाको १८ औं अधिवेशनको दोस्रो बैठकले आगामी वर्षको अनुमानित बजेट पास गरेको छ ।

गाउँपालिका अध्यक्ष कान्ता अधिकारीले सभामा आर्थिक बर्ष २०८२/०८३ को ५३ करोड ८३ लाख ५४ हजार बजेट पेस गर्नुभएकोमा बजेट गाउँ सभाबाट सर्वसम्मत पारित भएको हो ।नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरणको दोश्रो बैठक सोमबार बसेको थियो ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको  सभाध्यक्षतामा भएको भएको बैठकमा गाउँपालिकाको नीति कार्यक्रम यस अघि नै प्रस्तुत गर्नुभएको थियो । कृषि, उत्पादन, पर्यटनलाई प्राथमिकता दिदै गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता सहित केही नयाँ कार्यक्रम समेत ल्याएको छ । सभाका सचिब मणि प्रसाद खनालले सभा सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com