2

Logo २०८३ बैशाख १३ आइतबार
हिरासतमा पुस्तकालयका लागि कालीगण्डकी फाउन्डेशनले दियो पुस्तक

हिरासतमा पुस्तकालयका लागि कालीगण्डकी फाउन्डेशनले दियो पुस्तक


Sabalnews प्रकाशित मिति : बिहिबार, असार ५ २०८२
659

पाल्पा ।

कालीगण्डकी फाउण्डेशन नेपालले हिरासतमा रहेका थुनुवाहरुलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक हस्तान्तरण गरेको छ ।

“हिरासतमा पुस्तकालय अभियान” अन्तर्गत कालीगण्डकी फाउण्डेशन नेपालले कुनै अञ्जान वा अनुसन्धानको लागि प्रहरीमा आएका नागरिकलाई सकारात्मक विचार पैदा होस् भन्ने हेतुले पुस्तकालयको अबधारणा लिएको जनाएको छ । पाल्पामा सामाजिक काममा सक्रिय रहेको कालीगण्डकी फाउण्डेशन नेपालले रामपुरमा एक कार्यक्रम गरि इलाका प्रहरी कार्यालय रामपुरमा पुस्तक प्रदान गरेको हो ।

पुस्तक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले पुस्तकले हिरासतमा आउने व्यक्तिलाई सजाय भन्दा पनि सकारात्मक बाटोमा हिड्न प्रेरित गर्ने बताउनुभयो । उहाँले पुस्तकालयले प्रहरी र थुुनुवाको आचरण र व्यवहारलाई परिवर्तन गर्न मद्धत पुग्ने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम बहादुर रानाले स्थानीय सरकारले गर्नुपर्ने संस्थाले उदारणीय काम गरेको उल्लेख गर्दै यसले जीवन परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले हिरासतमा आउने व्यक्तिहरुलाई भए नभएको नराम्रो सोच पैदा हुनु साटो पुस्तकसँग रमाउन नैराश्यता हटाउन र जीवनमा सकारात्मक सोचको विकास गर्नका लागि पुस्तकालयले प्रेरणा मिल्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपालीले शिक्षाबाट नै समाज परिवर्तन हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै फाउण्डेशनले प्रहरी कार्यालयको थुनुवा कक्ष नजिक पर्ने गरि पुस्तकालय स्थापनामा जोड दिन लागेको बताउनुभयो । समाजसेवी दुर्गादेवी रानाले हिरासतमा आउने व्यक्तिहरू डिप्रेसनमा समेत जान सक्ने भएकाले पुस्तकले ठुलो राहत दिने बताउनुभयो ।

रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ र शहीद बहुमुखी क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिनेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गर्नुभएको हो।

सामाजिक काममा सक्रिय कालीगण्डकी फाउण्डेशन नेपालले यस अघि प्युठानको जिल्ला कारागारमा पुस्तक हस्तान्तरण गरेको थियो । रामपुर ३ को सीता मावि सीताकुण्ड,पुर्वखोला हेक्लाङको जनप्रिय मावि, बैष्णव धर्मावलम्बीको केन्द्रिय कार्यालय केलादीधाम मन्दिरमा पुस्तक प्रदान गरेको छ ।

साथै, फाउण्डेशनले रामपुर बेझाड कार्यालयमा सार्वजनिक पुस्तकालय सञ्चालन गरिरहेको छ । सेवामुलक एम्बुलेन्स सन्चालन गरेको छ । सस्थाले यसअघि ७० जना नागरिकलाई निशुल्क दात हालिदिएको छ भने खेतीबाली नष्ट गर्ने बादरले सताएका रामपुरका किसानलाई बादर धपाउन १०० प्लाष्टिकको बन्दुक वितरण गरेको छ । किसानलाई तालिममा पठाई व्यबसायिक बन्न प्रेरित गरेको सस्थाका सचिव तथा पुस्तकालय संयोजक सीता डोटेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com