2

Logo २०८३ बैशाख १३ आइतबार
वडा कार्यालयद्दारा किसानलाई ठेलागाडा

वडा कार्यालयद्दारा किसानलाई ठेलागाडा


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ३ २०८२
2.5K

पाल्पा

रामपुर नगरपालिका वडा नं. ६ ले किसानलाई ठेला गाडा वितरण गरेको छ । कृषि प्रवर्द्धन तथा कृषक सम्मान कार्यक्रम अन्तर्गत वडा भित्रका कृषि तथा पशुपालक ७५ जना कृषकलाई शत प्रतिशत अनुदानमा वडाले ठेला गाडा वितरण गरेको हो ।

किसानलाई कृषि बिउबिजन, उत्पादन मल सहितका सामाग्री लान ल्याउन सहज होस् भन्ने उद्देश्यले ठेलागाडा वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्था संगको समन्वयमा कृषि सहकारी कार्यालयमा कार्यक्रम गरेर किसानको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सामाग्री वितरण गर्दै निर्वाहमुखी कृषिलाई आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक रुपमा अघि बढ्न किसानलाई आग्रह गर्नुभयो। स-साना अनुदानका कार्यक्रम भन्दा अब बीउ विजन वितरण, उत्पादन र स्वरोजगार सिर्जना गर्ने खालका कार्यकमलाई नगरले बढाउने सोच रहेको बताउनुभयो । एक वडा एक उत्पादनमा नगरपालिकाले दिने व्याज अनुदान कार्यक्रममा सहभागी हुन कृषकलाई अनुरोध गर्नुभयो ।

वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले कृषकहरुलाई कृषि उत्पादन, मल विउ, दाना, पराल ‌ओसार-पसार गर्न सहज होस् भन्ने उद्देश्यले कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्य प्रसाद रेग्मीले वडा कार्यालयले सहकारी संग समन्वय गरेर कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै विउ आलु पकेट क्षेत्रका रुपमा काम गर्न सहकारी नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागत र वडा सचिव महेश प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको कर्मचारी सम्झना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com