2

Logo २०८३ बैशाख १३ आइतबार
राजनीतिज्ञ भन्दा उपभोक्ता खुसी पार्ने बजेट आएको छ: उपाध्यक्ष अधिकारी

राजनीतिज्ञ भन्दा उपभोक्ता खुसी पार्ने बजेट आएको छ: उपाध्यक्ष अधिकारी


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ ३० २०८२
547

काठमाडौँ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको बजेट राजनीतिकरुपमा भन्दा उपभोक्तालाई खुसी बनाउने उपभोक्तामैत्री बजेट आएको बताउनु भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले काठमाडौँमा गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रमको बजेट प्रक्रिया र आपूर्ति नीति सम्बन्धी अन्तरक्रियाका प्रमुख वक्ता उपाध्यक्ष अधिकारीले यस अघि आयोजना परेपनि उपभोक्तासम्म नपुग्ने र प्रतिफल कम हुने गरेको बताउनुभयो ।

उपाध्यक्ष अधिकारीले कतिपय आयोजनाहरू न्युन्तम १० वर्ष देखि एक सय दुई वर्षसम्म लाग्ने खालका रहेको भन्दै मन्त्रालयका विभिन्न सचिव तथा सासंदहरुलाई राखेर अवस्थाको बारेमा जानकारी गराएपछि व्यापक छलफल गरेर रियालिष्टक बजेट बनाउनु पर्छ भनेर आफु लागेको बताउनुभयो । उहाँले आयोजना माग्ने आयोजना पर्‍यो भन्ने त्यसैको आधारमा भोट पाइन्छ भन्ने तर सम्पन्न नहुने उपभोत्ताले उपभोग गर्न नपाउने स्थिति रहेको उल्लेख गर्नुभयो ।

उहाँले बजेटको सिलिङ दिने बेला पहिलो पटक म्याक्रो मोडलिङ प्रयोग गरेको २१ देखि २४ खर्बको हाराहारीमा आउन लागेको बजेटलाई रोकिएको समेत बताउनुभयो । पहिलो पटक योजना आयोगको विधि र पद्धतिबाट परिणाम र रिफ्लेक्सनबाट बजेट आएको र कनिका छरे जस्तो, पपुलारिटी हुने शीर्षकहरू नआएको बताउनुभयो । योजनाहरू एक अर्कामा ओभरल्यापिङ भएको हुँदा ३ करोडको परियोजना राख्नु परेको र मन्त्रालयहरू पनि तयार भएको तर्क राख्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोग वित्तीय अनुशासन कायम गर्न सुधारका कार्यहरू गर्दै सूक्ष्म ढङ्गले अगाडी बढेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com