2

Logo २०८३ बैशाख १३ आइतबार
माथागढीका किसानलाई मिनिटिलर

माथागढीका किसानलाई मिनिटिलर


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ ३० २०८२
645

पाल्पा ।

माथागढी गाउँपालिकाले किसानलाई मिनिटिलर बितरण गरेको छ । आ.व. २०८१/८२ बार्षिक स्वीकृत कार्यक्रम कृषि यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत पालिकाका सबै वडाहरुको कृषकहरुको मागको आधारमा किसानलाई मिनिटिलर बितरण गरेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

किसानका मागको आधारमा सबै वडाका गरि १ सय २८ वटा मिनीटिलर ५० % अनुदानमा किसानलाई बितरण गरिएको हो । कृषि उत्पादनमा जोड दिएको माथागढीले किसानलाई विउबिजन देखि उत्पादनसम्म र बजारीकरणमा समेत सहयोग गर्दै आएको चिदीले बताउनुभयो ।

माथागढी गाउँपालिकाका प्रबक्ता तथा वडा नं ४ का वडाध्यक्ष शंकर दर्लामीको अध्यक्षता तथा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी ज्यूको प्रमुख आतिथ्यतामा लाभग्राही कृषकहरुलाई मिनीटिलर वितरण गरिएको हो । पालिकाका कृषि प्राबिधिकले मिनीटिलरको प्रयोग र सुरक्षा सम्बन्धी अभिमुखीकरण गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com