2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरमा ज्येष्ठ नागरिक संघ गठन, अध्यक्षमा अर्याल

रामपुरमा ज्येष्ठ नागरिक संघ गठन, अध्यक्षमा अर्याल


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २७ २०८२
743

पाल्पा ।

जेष्ठ नागरिकहरुको भेलाले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा जेष्ठ नागरिक संघ रामपुर नगर समिति चयन गरेको छ ।

नगरस्तरीय ज्येष्ठ नागरिक भेलाले अर्यालको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई र लक्ष्मण भण्डारी, सचिवमा तिर्थप्रसाद ढुङ्गाना, सहसचिवमा हरिप्रसाद आचार्य, कोषाध्यक्षमा सीता राना तथा सदस्यहरूमा यज्ञमूर्ति घिमिरे र मकबुल मियाँलाई चयन गरेको छ ।

रामपुर नगरपालिका ५ को धार्मिक तथा ऎतिहासिक  रामघाटमा भएको नगरस्तरीय ज्येष्ठ नागरिक भेलामा सहभागी ज्येष्ठ नागरिकलाई कानूनी सचेतना सहित स्वास्थ्य परीक्षण र दोसला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक जिउदो भगवान भएको बताउनुभयो । २ अक्षरको आमा र २ अक्षरको बुवा ४ अक्षरको भगवान् भएको उल्लेल्ह गर्दै उहाँले पाका पुस्ताको सिकाई र भोगाई हस्तान्तरण गरि जिवन्त राख्न नगरपालिकाले जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । लक्ष्मी नारायण मन्दिर रामघाट परिषरमा स्थापना गरि सञ्चालनको तयारीमा रहेको र बस समेत खरिद गरिसकेको र आबश्यक बेड लत्ताकपडाको जोजो गर्दै गएको बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले जेष्ठ नागरिकहरुको सेवा र सम्मान गर्नु दायित्व संगै धार्मिक पुण्यको काम भएको बताउनुभयो।

रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिकाद्वारा संचालित विभिन्न कार्यक्रम र योजनाबारे जानकारी दिनुभयो। ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिकका हक अधिकारका पक्षमा मञ्चले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । जिल्ला सदस्य केशवराज पंगेनीले पनि ज्येष्ठ नागरिकहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । लक्ष्मी नारायण मन्दिर सञ्चालन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले स्कुल सञ्चालनका लागि मन्दिरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

रामपुर नगरपालिका प्रशासन प्रमुख युवराज पन्थीले जेष्ठ नागरिकहरुका लागि राज्यले गरेको व्यबस्था, प्रदान गरेको सुविधा, हक अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही अबसरमा कार्यक्रममा पुगेका नगर भित्रका १५० जेष्ठ नागरिकलाई दोसला ओढाई सम्मान गरिएको थियो । नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएको थियो ।

रामपुर नगपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको भेला उपप्रमुख बालकुमारी थापाको स्वागत र  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुजा परियारको सञ्चालनमा भएको हो । कार्यक्रममा कोइलीटारीका दिदीबहिनीले बनाउनुभएको सेलरोटी र अचार खाजा खुवाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com