अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज बिहिबार सुन तोलामा ५०० ले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रति तोला सुनको मोल १ लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य २ हजार ७५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनएका छन् ।