2

Logo २०८३ बैशाख १३ आइतबार
वडाका मन्दिर र भजन समुहलाई रामपुर ५ द्दारा बाद्दबादन हस्तान्तरण

वडाका मन्दिर र भजन समुहलाई रामपुर ५ द्दारा बाद्दबादन हस्तान्तरण


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २० २०८२
918

पाल्पा ।

रामपुर नगरपालिका ५ नं. ले वडाका मदिरलाई वाद्यवादन सामग्री हस्तान्तरण गरेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका मठमन्दिर र भजनकिर्तन समुहलाई हार्मोनियम, मादल र मजुरा दिइएको छ ।

वडामा रहेका विभिन्न मन्दिर मध्ये ८ वटा मन्दिर तथा समूहको व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरेको हो । रामपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा चालु आर्थिक वर्षको योजना कार्यक्रम अन्तर्गत मन्दिरलाई बाद्यबादन दिएको हो । सामग्री हस्तान्तरण गर्दै रामुर नगरपालिका प्रमुख रमण बहादुर थापाले कार्यालयले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो । आध्यात्मिक विचारले संस्कृति संरक्षण र सकारात्मक ऊर्जा र चेतना फैलाउन सहयोग गर्ने भएकोले मन आनन्दित र प्रफुल्ल बनाउन भजन गान बजान महत्त्वपूर्ण हुने बताउनुभयो ।

रामपुर ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले संस्कार र संस्कृति जगेर्नाका लागि वाद्यवादन सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । यस वर्ष ८ वटा समूह तथा मठमन्दिरलाई सामग्री प्रदान गरिएको र बाँकी रहेका मठमन्दिर र समूहहरूलाई पनि आगामी वर्षको सुरुवातमा सामग्री प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

वडाले चालु आर्थिक वर्ष २०८१/०८२ को २ लाख रुपैयाँ बजेट विनियोजन गरेर सोही रकमबाट सामग्री वितरण गरेको हो ।  वडामा रहेका शिव शक्ति दुर्गा मन्दिर बेझाँड, राधा–दामोदर मन्दिर मटेरी, कोइलीटारी मन्दिर, जेष्ठ नागरिक वाटिका दध्रान, दुर्गा मन्दिर (एकादशी समूह नहर अफिस), सुन्दरटोल भजन समूह, शिव मन्दिर आर्मीक्याम्प भम्बक र राम मन्दिरलाई १/१ सेट हार्मोनियम, मादल र मजुरा वितरण गरिएको हो ।

वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य युवराज शाहीको स्वागत र  वडा कार्यालय सहायक बासुदेव ढकालको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com