2

Logo २०८३ बैशाख १३ आइतबार
लैगिंक हिंसा नियन्त्रण संजाल समितिको गोष्ठी सम्पन्न

लैगिंक हिंसा नियन्त्रण संजाल समितिको गोष्ठी सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २० २०८२
834

पाल्पा ।

नगर स्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी पाल्पाको रामपुरमा भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला समुत्थान परियोजनाको आयोजनामा गोष्ठी भएको हो ।

लैङगिक हिंसा नियन्त्रण संजाल समितिमा संयोजक सेवा क्षेत्रको प्रहरी कार्यालयका अधिकृत रहने व्यवस्था छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला समुत्थान परियोजनाको टिम लिडर सुलोचना श्रेष्ठले लैगिंक हिंसा अन्त्यका लागि सञ्जालले गर्ने काम र समुदायमा भएका हिंसा सम्बन्धी सहजीकरण गर्नुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका महिला बिकास अधिकृत रन्जना पोखरेलले नगर स्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल गठनको प्रक्रिया र काम कर्तव्य र अधिकारका बारेमा सहजीकरण गर्नुभएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीले चालु आर्थिक वर्षका आएका लैगिंक हिंसाका घटनाको अबस्था, लैगिंक हिंसा, यसको कारण, प्रकार, कानुनी सजाय तथा सामाजिक असरका बारेमा जानकारी दिनुभयो ।

रामपुर नगरपालिका नगर उप–प्रमुख बाल कुमारी थापाले हिंसा पिडितका लागि रामपुरमा न्यायिक समितिमा सहज ढंगले आउन सक्ने र आएका मुद्धामा छिटो छरितो गरि समाधान गरिएको बताउनुभयो । २५ जना सहभागी गोष्ठीमा नगर स्तरीय समिति गठन भएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख संयोजक रहने गरि गठन भएको समितिको सदस्य सचिवमा प्रहरी कार्यालयका कर्मचारी पदेन रहनुभएको छ । स्वास्थ्य संस्था, नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख, वडा स्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जालका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी तथा मानब अधिकारकर्मी, मेलमिलापकर्ता, विद्यालयका शिक्षक प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, न्याय क्षेत्रका व्यक्ति, सहकारी, हिंसा निगरानी समूह र प्रहरी साझेदारी समितिका प्रतिनिधि रहेको समिति गठन भएको छ ।

समितिले आगामी आर्थिक बर्षमा गर्ने कामको कार्ययोजना निर्माण गरेको छ र सोही अनुसार समुदायमा कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com