2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महासंघले मनायो सामुदायिक वन महासंघको स्थापना दिवस

रामपुर महासंघले मनायो सामुदायिक वन महासंघको स्थापना दिवस


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २० २०८२
743

पाल्पा ।

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस रामपुर महासंघले मनाएको छ । सामुदायिक वनको चिन्तन र जलवायुु परिवर्तनको असर कम गर्न सरोकारवालासँग छलफल तथा चर्चा परिचर्चा गरि महासंघले स्थापना दिवस मनाएको हो ।

वनको दिगो व्यबाथापन र समानुपातिक अधिकारः समाबेशी, शुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने नारा सहित स्थापित सामुदायिक वन महासंघको ३० औं स्थापना दिवसको उद्घाटन गर्नुहुुदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाखा पखेराबाट शुरु भएको सामुदायिक वनले नेपाल मात्र नभई विश्व स्वच्छतामा मद्धत पुर्‍याएको बताउनुभयो । उहाँले नियमित बोट बिरुवा रोपौ बनसमुहले केही गरेका काम र निर्णयहरुलाई आत्मसाथ गर्दै रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक वनको अबस्था, राज्यले वनमा लगाएको दोहोर तेहोरो कर, सामुदायिक वन महासंघका मुद्धाबारे स्पष्ट पार्नुभएको थियो । उहाँले न्युनतम बार्षिक प्रतिबेदन नबिकरण गर्न देखि लिएर रचनात्मक काम गर्नु सुझाउनुभयो। कार्ययोजना बनाउन ध्यान दिनु आग्रह गर्नुभयो।

कार्यक्रममा रामपुर नगरपालिका ८ का पुर्व वडा अध्यक्ष बोम बहादुर नामजाली, वन महासंघ रामपुरका पुर्व सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य सीता डोटेल, सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारी, जल्केनीखोला सामुदायिक बनका देव बहादुर राना,
राम्चे सामुदायिक वनका सदस्य मैना श्रेष्ठले सामुदायिक वनले पुर्‍याएको फाइदा र समयानुकुल प्रभावबारे सबैले बेलैमा सोच्नुपर्ने बताएका थिए ।

साुमदायिक वन उपभोत्ता महासंघ रामपुरका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर वन महासंघका कोषाध्यक्ष तेज कुमारी बस्यालले स्वागत गर्नुभएको थियो भने सञ्चालन रामपुर वन महासंघका लेखा समिति संयोजक गोपाल श्रेष्ठले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com