2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा जिल्ला पूर्णखोप दीगोपना घोषणा

पाल्पा जिल्ला पूर्णखोप दीगोपना घोषणा


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १८ २०८२
617

पाल्पा ।

पाल्पालाई पूर्ण खोप दीगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेपछि पाँच वर्षभित्रका बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाएपछि पाल्पालाई पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति पाल्पाका अनुसार जन्मेदेखि १५ महिनाभित्रका दुई हजार ९३७ जना बालबालिकाले सबै खोप लगाएका छन् । यस्तै १६ देखि ५९ महिनासम्मका १० हजार ५५३ बालबालिकामध्ये ६ जना बालबालिका ड्रप आउट देखिएपनि खोप नलगाएका बालबालिकाको सङ्ख्या शुन्य भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । ड्रप आउट भएका बालबालिकालाई पूर्ण खोप प्रदान गर्ने सुनिश्चिचता गरिएको उहाँले बताउनुभयो ।

घोषणा कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रको सूचकांङ्कमा सुधार ल्याउन सबै बालबालिकाले पूर्ण खोप पाउनुपर्नेमा जोड दिनुभयो । विगतमा सचेतना अभाव र अन्य कारणले सबै खोप नपाउने अवस्था रहेकोमा अबभने कुनैपनि कारणले खोप नपाउने अवस्था हुन नहुने उल्लेख गर्नुभयो । खोप कार्यक्रम प्रभावकारी भएपछि त्यसले मातृ तथा शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने मन्त्री सारुले बताउनुभयो ।
जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्नुअघि पाल्पाका दश पालिका, ८१ वटा वडालाई खोपयुक्त घोषणा गरिएको थियो । कुनैपनि बालबालिकाले खोप लगाउन छुट नभएको दश वटा स्थानीय तह र ८१ वटा वडा घोषणा गरेपछि जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

पाल्पालाई पहिलो पटक २०७० फागुन १३ गते देशभरिमै पहिलो पटक पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसपछि लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषित हुँदै आएको खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पूर्ण खोपका लागि वडा र पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि त्यसले स्वास्थ्य अवस्था सुधार हुने विस्वाश व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com