2

Logo २०८३ बैशाख १४ सोमबार
पुर्वपत्नी सहित २ बच्चा हत्या गर्ने सुजनले गरेका थिए आफ्नै दाजुको हत्या

पुर्वपत्नी सहित २ बच्चा हत्या गर्ने सुजनले गरेका थिए आफ्नै दाजुको हत्या


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ १५ २०८२
736

पाल्पा ।

तानसेन-७ प्रभासका सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे खुलेकाे छ । ३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेकाे रूपन्देही प्रहरीले जनाएकाे छ ।
काेइरालाले सम्पत्तिका कारणले एक दशकअघि आफ्नै दाजुकाे हत्या गरेर जेल चलान भएका थिए । उनी केही वर्षअघि मात्रसंविधान दिवसकाे अवसरमा जेलबाट छुटेका थिए ।
उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभएकाे छ । कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलकै आफ्नै घरमा बोलाएर उनीहरुको हत्या गरेको प्रहरी स्राेतले जनाएकाे छ । मृतक दिपा तानसेन –७ स्थित आधारभूत स्वास्थ्य केन्द्र कुन्सरेमा अनमी पदमा कार्यरत रहेकाे तानसेन नगरपालिकाले जनाएकाे छ । कोइरालासँग सम्बन्ध विच्छेद गरेपछि अर्कैसँग विवाह गर्नुभएकाे थियाे ।

सुजनले आफ्नी श्रीमती बाहिर गएको मौकामा पूर्वपत्नी दीपालाई बुटवल बोलाएर हत्या गरेकाे बताइएकाे छ । दीपासँगै हत्या गरिएका दुई बालिका पछिल्लो पतितर्फका सन्तान हुन् । घटनाको विषयमा थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com