2

Logo २०८३ बैशाख १३ आइतबार
डिजिटल पत्रकारिता सम्बन्धि २ दिने तालिम बुटवलमा सम्पन्न

डिजिटल पत्रकारिता सम्बन्धि २ दिने तालिम बुटवलमा सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १० २०८२
666

बुटवल ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समय डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास भइरहेकाले यसलाई आत्मासाथ गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम समापनका अबसरमा बोक्दै प्रमुख अतिथि महासंघ केन्द्रिय सदस्य पोखरेलले प्रबिधिको सदुपयोग गर्दै परिस्कृत पत्रकारितामा गर्नुपर्ने बताउनुभयो । पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताउनुभयो । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उहाँले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईले पत्रकारको क्षमता विकासका लागि महासंघले विभिन्न जिल्लामा तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताउनुभयो । एक करोड राशिको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिदै उहाँले नियमित रुपमा पेशामा क्रियाशिल भई कर्म गर्न अनुरोध गर्नुभयो ।

तालिममा सूचना प्रविधि विज्ञ उज्वल आचार्य र अनुप बास्कोटाले पत्रकारितामा डिजिटल प्रबिधिको प्रयोग, प्रबिधिको सहजता र प्रयोग एआईको चुनौती र समयसापेक्ष प्रबिधिमैत्री सञ्चारमाध्यमका बारेमा सहजीकरण गर्नुभएको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका गरि ७० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एव तालिम संयोजक रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com