2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर ५ ले जेष्ठ नागरिकलाई गर्‍यो सम्मान र स्वास्थ्य जाच

रामपुर ५ ले जेष्ठ नागरिकलाई गर्‍यो सम्मान र स्वास्थ्य जाच


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ७ २०८२
645

पाल्पा

रामपुर नगरपालिका वडा नम्बर ५ ले जेष्ठ नागरिकको स्वास्थ्य चेकजाच तथा सम्मान कार्यक्रम गरेको  छ । आर्थिक बर्ष २०८१/०८२ को कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडाका जेष्ठ  नागरिकलाई जम्मा गराएर स्वास्थ्य जाच औषधि बितरण सम्मान गरेको हो ।

जेष्ठ नागरिक कार्यक्रम राखेर वडा भित्रका ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला सहित चेकजाच र आयुर्वेदिक औषधि बितरण गरेको हो  ।

५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान कार्यक्रम संगै रामपुर आयुर्वेद अस्पताल मार्फत जेष्ठ नागरिक स्वस्थ्य सचेतना र औषधी वितरण गरिएको थियो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको भेला रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । भेलालाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख थापाले जेष्ठ नागरिक जिउँदो भगवान भएको बताउँदै उहाँहरु उचित सम्मान गर्नु नगरको दायित्व रहेको बताउनुभयो । थापाले नगरको सिमित स्रोत र साधनका विच जेष्ठ नागरिकहरुको सम्मानमा कुनै कमी हुन नदिने बताउनुभयो ।

नगरपालिकाले सञ्चालन गरिरहेको गतिविधिको बारेमा जानकारी गराउनुहुँदै जेष्ठ नागरिकको सम्मानमा जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । अभिभावकलाई हेला गर्ने सन्तानको कहिल्यै भलो नहुने बताउँदै जेष्ठ नागरिकको सल्लाह अनुसार अघि बढ्न सके जीवनमा कहिल्यै दुःख नपाईने बताउनुभयो । जेष्ठ नागरिक अनुभव र ज्ञानको खानी रहेको बताउँदै उहाँहरुको उचित सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सदा आशिर्वाद दिईरहनु हुने जेष्ठ नागरिकहरुको सम्मानमा कार्यक्रम गरिएको बताउनुभयो । जेष्ठ नागरिक संघ गठन संगै वडामा बसोबास गर्नुहुने जेष्ठ सदस्यहरुको सम्मान र सचेतनाको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरु माथि कहिँ कतै सन्तान बाट हेला भएमा वडा तथा नगरका जनप्रतिनिधिहरुलाई खबर गर्न अनुरोध गर्नुभयो । उहाँले वडामा भएका विकास तथा कार्यक्रमको गतिविधि संगै जेष्ठ नागरिकको लागि गरिएको व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य मायाँ नेपालीले जेष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै नगरपालिका र वडाले आफ्‌नो गतिविधि अघि बढाउने बताउनुभयो । रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष क्याप्टेन हिमाल मल्लले जेष्ठ नागरिकहरुको सम्मानमा वडाले गरेको कामको प्रशंसा गर्नु भएको थियो ।  रामपुर नगरपालिका सल्लाहाकार फणेश्वर गौतमले जेष्ठ नागरिकहरुलाई नियमित स्वस्थ्य जाँच गर्न आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिका भित्र रामपुर अस्पताल संगै रामपुर आयुर्वेदले प्रदान गर्ने सेवाको भरपुर सदुपयोग गर्न सुझाव दिनुभयो ।

जेष्ठ नागरिक संघ रामपुर ६ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले जेष्ठ नागरिहरुको अधिकारका लागि संघले आफ्‌नो गतिविधि सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा नेपालीकांग्रेस रामपुर ५ का उपसभापति मित्रलाल गैरे, नेकपा एमाले रामपुर ५ का अध्यक्ष मिनराज रेग्मी, टोल विकास संस्थाका संयोजक विश्व प्रकाश लम्साल, लक्ष्मी तिवारी र कृतिनाथ गौतमले आफ्‌नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका डा. बालिका विसीले जेष्ठ नागरिकहरुलाई स्वस्थ्य सम्बन्धी सचेतना प्रदान गर्नु भएको थियो । साथै भेलामा सहभागी २०० भन्दा बढी जेष्ठ नागरिकहरुको आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीहरले रक्तचाप परीक्षण गरेका थिए । जेष्ठ नागरिकहरलाई खादा ओढाएर, शक्ति वर्दक औषधी अर्श्वगन्ध चुर्ण प्रदान गरी सम्मान गरिएको थियो । वडा सदस्य नरेन्द्र कुमार जर्घाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य युवराज शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रमको सञ्चालन वडा कार्यालय सहायक बासुदेव ढकालले गर्नु भएको हो ।

यस्तै भेलाले केशर बहादुर खाँणको अध्यक्षतामा वडा स्तरीय जेष्ठ नागरिक संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती डोटेल, सचिवमा कृतिनाथ गौतम, कोषाध्यक्षमा लक्ष्मी तिवारी रहनु भएको छ । सदस्यहरुमा दोवराज ढुङ्गाना, देवराज अर्याल, यम प्रसाद पौडेल, भरत बहादुर दरैं, ठाकुर प्रसाद भट्टराई, मित्रलाल गैरे, ज्याम बहादुर राना, नुर माया विक, ढाका कुमारी पौडेल र पुननारायण श्रेष्ठ रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com