2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिका पुर्णखोप सुनिश्चित पालिका घोषणा

रामपुर नगरपालिका पुर्णखोप सुनिश्चित पालिका घोषणा


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ७ २०८२
1.3K

पाल्पा ।

पालिका भित्रका बालबालिका सबैले समयमा नै खोप लगाएको सुनिश्चित भए संगै पाल्पाको रामपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

आइतबार नगरपालिका हलमा आयोजित कार्यक्रममा रामपुर नगरपालिकाका सबै वडालाई सुनिश्चित भएको घोषणा भएको प्रमाणपत्र बितरण पछि नगरलाई पुर्ण खोप सुनिश्चित दिगोपना भएको प्रमाणपत्र सहित घोषणा गरिएको हो । जिल्लाको आठौं पालिकाका रुपमा रामपुर पुर्ण खोप सुनिश्चित पालिका भएको हो ।

जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल र स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई  पूर्णखोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नु भयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र विकासको सुचक पुरा नहुने बताउनुभयो । जनताको स्वास्थ्य र औसत आयुको भुमिका महत्त्वपूर्ण हुने र यसका लागि पूर्ण खोप नै अपरिहार्य रहेको उहाँले बताउनुभयो । उहाँले निकै दुख र परिश्रम गरि यो उपलब्धि मिलेकोले चुस्त व्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगरका १६ स्वास्थ्य सस्था र खोपकेन्द्रबाट नियमित स्वास्थ्य सेवालाई जोड दिएको बताउनुभयो । नगरले स्वास्थ्य र शिक्षामा दीर्घकालिन लगानी भएको बताउनुभयो । पूर्ण खोप सुनिश्चितताको लागि जिम्मेवारी पुर्वक काम गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको यस वर्ष रामपुर नगरपालिका संगै ८ पालिका पूर्ण खोप सुनिश्चित पालिका भैसकेको बताउँदै जेठ ६ गते भित्र सबै पालिकालाई पनि घोषणा गरिने जानकारी दिनुभयो । उहाँले पाल्पामा चालु आर्थिक वर्ष भित्र कुनै पनि महिला घरमा प्रसुति हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्दै पाल्पालाई पहिलो संस्थागत सुत्केरी युक्त जिल्ला घोषणाको तयारी भैरहेको बताउनुभयो ।

गाँडाकोट स्वस्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले ३ वटा खोपबाट नेपालमा खोप कार्यक्रम शुरु भएकोमा हाल १४ वटा खोप लगाईदै आएको र बिश्वमा ३० खोप लगाइने गरेको बताउनुभयो । उहाँले खोपमा सक्रिय स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंय सेविकाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको र खोपकेन्द्रको भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । महिला स्वास्थ्य स्वंय सेविका कमला घर्तीले आफ्‌नो अबुभव राख्नु भएको थियो ।

रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ५ सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार ९७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । कोही बालबालिका खोप लिनबाट छुटेका छैनन् यसमा सघाउने स्वास्थ्यकर्मी, अभिभावक, जनप्रतिनिधि पत्रकार सबैमा धन्यवाद दिनुभयो।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र रामपुर नगरपालिकाकाका नर्सिङ्ग अधिकृत पुनम धितालको सञ्चालनमा भएको हो । सोही अबसरमा गाडाकोट स्वास्थ्य चौकी सेवा क्षेत्रका आधारमा पूर्ण संस्थागत प्रसुति स्वास्थ्य चौकी र वडा घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com