2

Logo २०८३ बैशाख १३ आइतबार
शिक्षकलाई एकीकृत सूचना प्रणाली व्यवस्थापन तालिम

शिक्षकलाई एकीकृत सूचना प्रणाली व्यवस्थापन तालिम


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ २ २०८२
666

पाल्पा ।

बगनासकाली गाउँपालिकामा एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन सम्बन्धि एकदिने (EMIS) तालिम सञ्चालन भएको छ ।

विद्यालयको हरेक सूचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाभित्रका शिक्षकहरूलाई बगनासकाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा सगरमाथा सामुदायिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण गैरेले इमिस प्रणालीमा अपडेट भएका नयाँ विषयवस्तु, विवरण दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू लगायतमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले सफ्टवेयसम्बन्धी ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धी ज्ञानको अभाव रहेकोले त्यसको समाधान गर्न तालिमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद न्यौपानेले सूचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आवश्यक पर्ने भएकोले विवरण दर्ता गर्दा शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाले गाउँपालिकाभित्रका प्रत्येक विद्यालयका गतिविधिलाई प्रविधिसँग जोड्न तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

तालिमले शैक्षिक सूचना व्यवस्थापनमा थप मद्दत पुग्ने र सम्पूर्ण सूचनाहरू यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुर्‍याउने प्राविधिक सहायक लक्षेन्द्र बहादुर सिंहले जानकारी गराउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण तिमिल्सिनाको अध्यक्षता र प्राविधिक सहायक लक्षेन्द्रबहादुर सिंहको सञ्चालनमा तालिम आयोजना भएको थियो । तालिममा गाउँपालिकाभित्रका ३७ विद्यालयका प्र.अ.तथा शिक्षक प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com