2

Logo २०८३ बैशाख १३ आइतबार
माथागढी कप फुटबल प्रतियाेगिताकाे उपाधि रामपुर नगरपालिकालाई

माथागढी कप फुटबल प्रतियाेगिताकाे उपाधि रामपुर नगरपालिकालाई


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ १ २०८२
1.2K

पाल्पा ।

पाल्पाको माथागढी गाउँपालिकाले आयोजना गरेको माथागढी कप फुटबल प्रतियाेगिताकाे उपाधि रामपुर नगरपालिकाले जितेकाे छ ।

बुधबार माथागढीकाे सराई खेलमैदानमा रामपुर र माथागढीबीच भएकाे प्रतिष्पर्धामा रामपुरले माथागढीलाई १-० गाेल अन्तरले हराउँदै उपाधि चुमेकाे हाे । जितसँगै रामपुरले १ लाख नगद, प्रमाणपत्र, कप र ट्रफी भएकाे पाएकाे छ ।

आयाेजक टिम माथागढी दाेस्राे बनेकाे छ । उसले ७५ हजार नगद, मेडल र प्रमाणपत्र पाएकाे छ । यस्तै तिनाउ तेस्राे बनेकाे छ । तिनाउले ५० हजार नगदसहित मेडल र ट्रफी पाएकाे माथागढी खेलकुद विकास समितिका संयाेजक तेज घर्तीमगरले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा माथागढी, रामपुर, तिनाउ, बगनासकाली र तानसेनकाे सहभागिता रहेकाे उहाँले जानकारी दिनुभयाे । समापन समाराेहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, आयाेजक पालिका माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापालगायतले पुरस्कार हस्तान्तरण गर्नुहुँदै शुभकामना बधाइ मन्तव्य राख्नुभयाे ।

फुटबल प्रतियाेगिताबाट नयाँ खेलाडीकाे पहिचान गर्न र माथागढीमा फुटबल खेल संचालनकाे सम्भावित स्थल पहिचान गर्न सहयाेग पुग्ने गरी प्रतियाेगिता आयाेजना गरिएकाे पालिकाका अध्यक्ष चिदीले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com