2

Logo २०८३ बैशाख १३ आइतबार
शनिबारदेखि लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट हुँदै 

शनिबारदेखि लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट हुँदै 


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२
2.3K

काठमाडौं ।

नेपाल प्रेस युनियनको आयोजनामा मुस्ताङको ऐतिहासिक लोमान्थाङमा पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ।

‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ भन्ने मूल नाराका साथ शुरु हुने समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो ।

बैशाख २७ देखि ३१ गतेसम्म हुने समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन, जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, समावेशी संचार, प्रेस स्वतन्त्रता, सूचना अधिकारलगायत विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मिडियाको बदलिँदो भूमिकासँगै हिमाली क्षेत्रमा संचारको पहुँच, चुनौती र अवसरबारे समिटले सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, पत्रकारिता र सूचना अधिकारको अभ्यास हिमाली भेगसम्म लैजाने, हिमाली जनजीवनको आवाज मुलधारका मिडियामा ल्याउने प्रयासका रूपमा समिट महत्वपूर्ण हुनेछ ।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाजका अगुवा, तथा साउथ एसियाली पत्रकार महासंघ (SAFMA) का पदाधिकारीको पनि उपस्थिति रहनेछ ।  समिटमा ‘जर्नालिज्म सेफ्टी एण्ड प्रेस फ्रीडम, एक्सेस टु इन्फरमेसन तथा एआई र न्यू मिडिया इन साउथ एशिया’ शीर्षकका विषयमा काठमाडौं, पोखरा र जोमसोम लोमान्थाङमा सत्रहरू सञ्चालन हुने समिटका संयोजक लोकराज अबस्थीले जानकारी दिनुभयो।

शनिबार होटेल हिमालयन ललितपुरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सन्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थितिमा उद्घाटन हुनेछ । उद्घाटनपछि `राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा´भन्ने बिषयमा छलफल पछि टोली पोखराका लागि अघि बढ्नेछ ।पोखरामा आइतबार ३ छुट्टाछुट्टै सेसन हुने युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो ।

पोखरापछि मुस्ताङ यात्रा हुनेछ र चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय प्रशासन पालिका र बासिन्दाको सहभागीतामा ‘जलबायु संकटमा मिडियाको भुमिका बृहत अन्तरक्रिया हुनेछ । सोही दिन लोमन्थाङ पुगेर घोषण पत्र जारी गर्ने कार्यक्रम रहेको शुक्रबार जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति
…..

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com