पाल्पामा ट्रीपर दुर्घटना हुँदा चालकको ज्यान गयो
पाल्पा ।
पाल्पाको सिद्धबाबामा बिहीबार भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्यामसाईड नजिकै भएको दुर्घटनामा चालक रुपन्देहीको सियारी गाउँपालिका २ का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गर्दा लु १ क २५१७ नम्बरको रित्तो टिपर दुर्घटना भएको हो । टिपरको टायर पञ्चर भई अनियन्त्रित हुँदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। दुर्घटनामा घाइते चालक यादवलाई प्रहरी टोलीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
प्रादेशिक अस्पतालमा उपचारमा लगिएकोमा यादवलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।