2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण

नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
680

पाल्पा ।

नेपाली सेनाले तयार गरेको उद्यान माथागढी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाली सेनाले माथागढी परिसरमा निर्माण सम्पन्न गरेको उद्यान माथागढी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

मध्यपश्चित पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
नेपाली सेनाले सीघ्र प्रभावी योजना अन्तर्गत माथागढी गाउँपालिकाको वडा नं. ५ स्थित माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यकरण गर्ने काम गरेर पालिकालाई हस्तान्तरण गरिएको पुनले बताउनुभयो ।

नेपाल–अङ्ग्रेज युद्ध तथा नेपाल एकीकरणका बेलामा प्रयोग भएका ऐतिहासिक स्थलको प्रचार एवं संरक्षण गर्ने उद्देश्यले माथागढी परिसरको सौन्दर्यकरण गर्ने काम सेनाले गरेको उपरथी पुनले बताउनुभयो । उक्त संरचना निर्माण गर्न तानसेनस्थित दि फेमस महिन्द्र दल गणको अथक प्रयास रहेको पुनले बताउनुभयो ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष चिदीले स्थानीय तह, सेना, प्रदेश र सङ्घीय सरकारले यस्ता संरचनाको विकास र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ऐतिहासिक स्थलको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी दिन सकिने उहाँले बताउनुभयो । माथागढी ऐतिहासिक र सामरिक महत्वको स्थान भएकाले यसको विकास र संरक्षणमा पालिकाले समेत ध्यान दिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सेनाले विपद्का बेलामा मात्र होइन, ऐतिहासिक स्थलको जगेर्ना र विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली सेनाका २२ नं. बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति प्रमुख सेनानी भुपेन्द्र गुरुङ्, जिल्ला प्रहरी कार्यालय पाल्पा, शसत्र प्रहरी बल पाल्पा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, राष्ट्रिय अनुसन्धानका प्रमुख जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com