मेरोमाइक्रोफाइनान्स लघुवित्तको केन्द्र प्रमुख गोष्ठि तथा साक्षरता कार्यक्रम सम्पन्न
पाल्पा ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय रम्भाले बार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

रम्भा गाँउपालिका वार्ड नं १ को भवनमा शाखा कार्यालयमा आबद्ध ५५ केन्द्रका ७६ जना केन्द्र प्रमुख तथा उपप्रमुखको उपस्थितिमा कार्यक्रम गरेको हो । शाखाका शाखा प्रबन्धक सन्दिप रेग्मीको अध्यक्षता भएको कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गदै महिलाहरु आत्मनिर्भर भई ब्यवसायी बन्न लघुवित्त संस्थाले महत्वपुर्ण योगदान पुर्याएको चर्चा गर्दै गाउँपालिका मिलेर समग्र आर्थिक उन्नतीका लागी सहकार्य गदै अगाडी बढ्ने बताउनुभयो ।
रम्भा गाउँपालिका वार्ड नं. १ का अध्यक्ष इश्वरी काफ्ले, जनकल्याण मा.वि शिक्षक नारायण प्रसाद भट्टराइ, प्रहरी चौकी हुँगीका सहायक इन्चार्ज सोनु श्रेष्ठ तथा अनुगमन कार्यालय तेल्घाका अनुगमन अधिकृत देवराज पाण्डे र शाखा प्रबन्धक दिपक पुडासैनीले लघुबित्तले आम महिला दिदीबहिनीमा पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले वित्तिय सेवा अन्र्तगत बिभिन्न किसिमका कल्याणकारी सुबिधा, कर्जा, बचत, रेमिटान्स लगायतका सुबिधा प्रदान गरेको छ । कार्यक्रमका क्रममा २०८१ सालको केन्द्र मुल्यांकन मार्फत उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार वितरण तथा सहभागाीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका अवसरमा शाखा प्रबन्धक सन्दिप रेग्मीले हाल शाखाले २०७८ सालमा स्थापना भई हालसम्म गल्याङ्ग नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका ५७० घरधुरिलाई वित्तिय सेवा प्रदान गदै आइरहेको जानकारी गराईएको थियो । साथै शाखाले २८८ जना सदस्यहरुलाई रु ५ करोड १५ लाख रुपैया कर्जा प्रवाह गरि आर्थिक उन्नतीमा टेवा पुर्याएको र सदस्यहरुको रु १ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बताउनुभयो ।