2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरी घिमिरे निर्वाचित

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरी घिमिरे निर्वाचित


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
757

काठमाडौं ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा रामहरी घिमिरे निर्वाचित हुनुभएको छ ।

बुधबार र बिहिबार काठमाडौंमा सम्पन्न संघको दशौ अधिबेशनले घिमिरेको अध्यक्षतामा १८ सदस्यीय समिति चयन गरेको हो । संघको अध्यक्ष, सचिव र खुला सदस्य पदमा मात्र  निर्वाचन भएको थियो भने अन्य पदमा निर्बिरोध चयन गरेको हो ।

समितिको उपाध्यक्ष पदमा डिल्लीराज आचार्य र निर्जल घिमिरे (निर्विरोध), महासचिव पदमा कृष्ण प्रसाद खराल (निर्विरोध), सचिव पदमा बासु रिजाल (निर्वाचित), सचिव मिनराज शर्मा (निर्विरोध), कोषाध्यक्ष पदमा रमेश खतिवडा (निर्विरोध), सह-कोषाध्यक्ष पदमा रेवती राई (निर्विरोध) निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सरोज खनाल, प्रकाश पोखरेल, सुरज बहादुर जप्रेल, अमिष शर्मा र अर्जुनराज तिवारी (निर्वाचत) अन्य निर्विरोध सदस्यमा गोमा धिताल र साधना सुवेदी (महिला), रामसेवक मण्डल (मधेसी), जीवन वि.क.(दलित), सुमन राई (जनजाती) रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष रामहरि घिमिरेले संघको सबलीकरण र सेवा चुस्त बनाउन सबै जना एकबद्द हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com