नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरी घिमिरे निर्वाचित
काठमाडौं ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा रामहरी घिमिरे निर्वाचित हुनुभएको छ ।
बुधबार र बिहिबार काठमाडौंमा सम्पन्न संघको दशौ अधिबेशनले घिमिरेको अध्यक्षतामा १८ सदस्यीय समिति चयन गरेको हो । संघको अध्यक्ष, सचिव र खुला सदस्य पदमा मात्र निर्वाचन भएको थियो भने अन्य पदमा निर्बिरोध चयन गरेको हो ।
समितिको उपाध्यक्ष पदमा डिल्लीराज आचार्य र निर्जल घिमिरे (निर्विरोध), महासचिव पदमा कृष्ण प्रसाद खराल (निर्विरोध), सचिव पदमा बासु रिजाल (निर्वाचित), सचिव मिनराज शर्मा (निर्विरोध), कोषाध्यक्ष पदमा रमेश खतिवडा (निर्विरोध), सह-कोषाध्यक्ष पदमा रेवती राई (निर्विरोध) निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सरोज खनाल, प्रकाश पोखरेल, सुरज बहादुर जप्रेल, अमिष शर्मा र अर्जुनराज तिवारी (निर्वाचत) अन्य निर्विरोध सदस्यमा गोमा धिताल र साधना सुवेदी (महिला), रामसेवक मण्डल (मधेसी), जीवन वि.क.(दलित), सुमन राई (जनजाती) रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष रामहरि घिमिरेले संघको सबलीकरण र सेवा चुस्त बनाउन सबै जना एकबद्द हुनुपर्नेमा जोड दिनुभयो ।