2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना: तीनकाे मृत्यु, दुई घाइते

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना: तीनकाे मृत्यु, दुई घाइते


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
1.3K

     – फाइल तस्वीर

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

गएराति १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे ।
घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com